रामेछापमा ७ दिने रेडियो पत्रकारीता तालिम सम्पन्न

Written by meropradesh creator

२ पुष २०७८, शुक्रबार

रामेछाप । रामेछापमा ७ दिने रेडियो पत्रकारीता तथा उद्धघोषण तालिम सम्पन्न भएको छ । रामेछाप नगरपालिकाको सम्न्वयमा हजुरको रेडियो १०२.१ मेगाहर्ज द्वारा आयोजना गरिएको तालीम बिहिबार सम्पन्न भएको हो । ७ दिन सम्म सञ्चालन गरिएको तालीममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्दै रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले पत्रकारहरुलाई निश्पक्ष रुपमा कलम चलाउन आग्रह गर्नुभएको छ । जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियोले आयोजना गरेको ७ दिने रेडियो पत्रकारीता तथा उद्धघोषण तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । समाज परिवर्तनमा पत्रकारहरुको भुमिका निकै महत्वपुर्ण रहेको भन्दै उपप्रमुख खड्काले कसैको दाबब,प्रभाव र धम्कीमा नपरि सत्य तथ्य समाचार सम्प्रेषण गर्न पत्रकारहरलाई आग्रह समेत गर्नु भएको छ । पत्रकारीता क्षेत्रमा केहि गरौँ भन्ने उद्धेश्य बोकेकाहरुलाई यो तालिमले धेरै फाईदा पुर्याउने विश्वास आफुले लिएको उपप्रमुख खड्काले बताउनु भयो ।
रामेछाप नगरपालिकासँगको सहकार्यमा हजुरको रेडियोले जिल्लाका विभिन्न ठाउँका ४९ जना युवाहरुलाई रेडियो पत्रकारीता तथा उद्धघोषण तालिम दिएको छ । यहि मंसिर २३ गतेदेखी सुरु भएको तालिमको बुधबार समापन गरिएको छ । तालिममा सहभागी भएका रामेछापको मन्थली नगरपालिका वडा नं ४ का राम विपी मगरले आफ्नो लागी तालिम निकै फलदायिक भएको बताउनु भयो । ७ दिनसम्मको अवद्यिमा समाचार लेखन,वाचन,कार्यक्रम उत्पादन लगायतमा महत्वपुर्ण ज्ञान हासिल गरेको उहाँले बताउनुभयो । उक्त तालिममा सहभागी हुनुभएकी रामेछाप नगरपालिका ७ का रन्जिता कार्कीले तालिममा बोल्ने,लेख्ने र प्रस्ुतीकरण गर्ने तरिका आफुले सिकेको र ति सिकेका कुरा आफुले सधैँ व्यवहारमा उतार्ने बताउनुभयो । रामेछाप नगरपालिका २ का नविन पुलामि मगरल रेडियोमा बोल्ने आफनो सपना यहि तालिमले पुरा हुने अपेक्षामा आफुमा रहेको समेत उहाँले बताउनुभयो । ७ दिनसम्म सन्चालन भएको तालिममा रेडियो कार्यक्रम उत्पादन,रेडियो रिपोर्ट लेखन,समाचार लेखन,वाचन,उद्धघोषण लगायत विभिन्न रेडियो पत्रकारीता सम्बन्धी आधारभुत कुराहरु सिकाइएको हजुरको रेडियोका स्टेशन म्यानेजर दिपक कुमार घिमिरेले बताउनुभयो । यो तालिमले जिल्लामा रेडियो पत्रकार उत्पादन गर्नमा धेरै सहयोग पुग्ने उहाँले बताउनुभयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...