रामेछापमा ७ दिने रेडियो पत्रकारीता तालिम सम्पन्न

Written by meropradesh creator

२ पुष २०७८, शुक्रबार

रामेछाप । रामेछापमा ७ दिने रेडियो पत्रकारीता तथा उद्धघोषण तालिम सम्पन्न भएको छ । रामेछाप नगरपालिकाको सम्न्वयमा हजुरको रेडियो १०२.१ मेगाहर्ज द्वारा आयोजना गरिएको तालीम बिहिबार सम्पन्न भएको हो । ७ दिन सम्म सञ्चालन गरिएको तालीममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गर्दै रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले पत्रकारहरुलाई निश्पक्ष रुपमा कलम चलाउन आग्रह गर्नुभएको छ । जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियोले आयोजना गरेको ७ दिने रेडियो पत्रकारीता तथा उद्धघोषण तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । समाज परिवर्तनमा पत्रकारहरुको भुमिका निकै महत्वपुर्ण रहेको भन्दै उपप्रमुख खड्काले कसैको दाबब,प्रभाव र धम्कीमा नपरि सत्य तथ्य समाचार सम्प्रेषण गर्न पत्रकारहरलाई आग्रह समेत गर्नु भएको छ । पत्रकारीता क्षेत्रमा केहि गरौँ भन्ने उद्धेश्य बोकेकाहरुलाई यो तालिमले धेरै फाईदा पुर्याउने विश्वास आफुले लिएको उपप्रमुख खड्काले बताउनु भयो ।
रामेछाप नगरपालिकासँगको सहकार्यमा हजुरको रेडियोले जिल्लाका विभिन्न ठाउँका ४९ जना युवाहरुलाई रेडियो पत्रकारीता तथा उद्धघोषण तालिम दिएको छ । यहि मंसिर २३ गतेदेखी सुरु भएको तालिमको बुधबार समापन गरिएको छ । तालिममा सहभागी भएका रामेछापको मन्थली नगरपालिका वडा नं ४ का राम विपी मगरले आफ्नो लागी तालिम निकै फलदायिक भएको बताउनु भयो । ७ दिनसम्मको अवद्यिमा समाचार लेखन,वाचन,कार्यक्रम उत्पादन लगायतमा महत्वपुर्ण ज्ञान हासिल गरेको उहाँले बताउनुभयो । उक्त तालिममा सहभागी हुनुभएकी रामेछाप नगरपालिका ७ का रन्जिता कार्कीले तालिममा बोल्ने,लेख्ने र प्रस्ुतीकरण गर्ने तरिका आफुले सिकेको र ति सिकेका कुरा आफुले सधैँ व्यवहारमा उतार्ने बताउनुभयो । रामेछाप नगरपालिका २ का नविन पुलामि मगरल रेडियोमा बोल्ने आफनो सपना यहि तालिमले पुरा हुने अपेक्षामा आफुमा रहेको समेत उहाँले बताउनुभयो । ७ दिनसम्म सन्चालन भएको तालिममा रेडियो कार्यक्रम उत्पादन,रेडियो रिपोर्ट लेखन,समाचार लेखन,वाचन,उद्धघोषण लगायत विभिन्न रेडियो पत्रकारीता सम्बन्धी आधारभुत कुराहरु सिकाइएको हजुरको रेडियोका स्टेशन म्यानेजर दिपक कुमार घिमिरेले बताउनुभयो । यो तालिमले जिल्लामा रेडियो पत्रकार उत्पादन गर्नमा धेरै सहयोग पुग्ने उहाँले बताउनुभयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...