रामेछाप । शनिबार रामेछापमा थप ५४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यो संगै रामेछापमा कोरोना संक्रमितको संख्या ६ सय १२ पुगेको छ । पीसीआर परीक्षणबाट २२ जना र एन्टिजेन्ट परीक्षणबाट ३२ जना गरी ५४ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लामा आज ५४ जना संक्रमित थपिए संगै सक्रिय संक्रमित ३ सय ९७ रहेको छ । कोरोना संक्रमण बाट रामेछापमा ३ जनाको ज्यान समेत गएको छ ।
स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार शनिबार पीसिआर विधिबाट उमाुकण्ड गाउँपालिकाका २२ जना, एन्टिजेन परीक्षणबाट जिल्ला अस्पताल रामेछापमा तीन जना , खाँडादेवी गाउँपालिकाकाका २० जना , तामाकोशी अस्पतालमा ७ जना र गोकुलगङ्गा गाउँपालिकाका दुईजनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...