रामेछापमा ५ जना उम्मेदवार विरुद्ध दाबी विरोधको उजुरी

Written by meropradesh creator

१४ बैशाख २०७९, बुधबार

रामेछाप । रामेछापमा ५ जना उम्मेदवार विरुद्ध निर्वाचन केन्द्रमा दाबी विरोधको उजुरी परेको छ । बिभिन्न राजनितिक दल र स्वतन्त्र उमेरद्वारहरुको नाममा बेरुजी रहेको भन्दै निर्वाचन केन्द्रमा उजुरी परेको जिल्ला निर्वाचन कार्यालय रामेछापले सुचना मार्फत जानकारी गराएको छ ।

निर्वाचन केन्द्रमा परेको उजुरीमाथी १५ र १६ गते अनुसन्धान गरेर दावी बिरोध परेका उमेरद्वार मतदानमा भाग लिन पाउने वा नपाउने भन्ने जानकारी गराउने जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर कुमार शाहले जानकारी दिए । खाँडादेवी गाउँपालिकाका दुई जना, रामेछाप नगरपालिकाका २ जना र लिखुतामाकोसी गाउँपालिकाका एक जना उम्मेदवार माथि दाबी विरोधको उजुरी परेको सम्बन्धीत पालिकाका निर्वाचन अधिकृतहरुले जनाएका छन् ।

खाँडादेवी गाउँपालिका वडा नं २ का वडाध्यक्षको उम्मेदवार बनेका ज्ञानकुमार लामा विरुद्ध आ व ०७७÷०७८ मा निगाल्पानी मिरानटोल मेलडाँडा जुगेपानी सडक बिस्तारको क्रममा उपभोक्ता समितीको अध्यक्ष भई काम गर्दा बेरुजी रकम देखीएको भन्दै केशब कुमार प्रधानले उजुरी दर्ता गराएका छन् । त्यसै गरी प्रधानले अर्का अध्यक्षका उम्मेदवार शङ्करदास श्रेष्ठ बिरुद्ध पनी उजुरी दर्ता गराएका छन् । प्रधानले श्रेष्ठलाई पनी आ व ०७७÷०७८ मा आँपचौर मझुवा निगाल्पानी सडक उपभोक्ता समितिको अध्यक्ष भइ काम गर्दा बेरुजी रकम देखीएको भन्दै उजूरी दर्ता गराएका छन् ।

त्यस्तै, रामेछाप नगरपालिका प्रमुखमा उम्मेदवारी दर्ता गराएका रत्नबहादुर नेवार विरुद्ध नगरभित्र ठेक्कापट्टाको काम गरिरहेको भन्दै नरेशबाबु श्रेष्ठले दाबी विरोधको उजुरी दर्ता गराएका छन् । त्यसैगरी रामेछाप नगरपालिका वडा नं ७ मा वडाध्यक्षको उम्मेदवार बनेका समिर कार्की विरुद्ध ध्रुवकुमार बस्नेतले लिखु माझीगाउँ लिफ्ट खानेपानीको हिलेदेवी ठेक्काको, ५ प्रतिशत धरौटी रकम रहेको भन्दै दाबी विरोधको उजुरी दर्ता गराएको रामेछाप नगरपालिकाकी निर्वाचन अधिकृत गीता गुरुङले बताए ।

त्यसै गरी लिखुतामाकोशी गाउँपालिका ३ का वडा अध्यक्षका उम्मेदवार राजकुमार खड्कालाई कर चुत्ता नगरेको तथा कालो सुचिमा परेको भन्दै सोहि वडाका अनिल तमाङ्गले दाबी विरोधको उजुरी दर्ता गराएको जिल्ला निर्वाचन कार्यलयबाट निकालीएको सुचनामा उल्लेख गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...