रामेछाप । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले रामेछापमा ३४ प्रकारको चिन्ह भएको मत पत्र उपलब्ध गराएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापले हिजो मतदान चिन्ह उम्मेदवारहरुलाई बितरण गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार जिल्लामा हुने मतपत्रकै नमूना सार्वजनिक गरिएको बताए । रामेछापमा स्थानीय तहको निर्वाचनमा २४ वटा राजनीतिक दलहरुले भाग लिएका छन् । आठ वटा स्थानीय तह र ६४ वटामा राजनीतिक दलहरुले निर्वाचन अभियान तीब्र बनाएका छन् । जिल्लामा १ लाख ७८ हजार मतदाता रहेका छन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...