रामेछाप । रामेछापका १२ देखी १७ वर्ष उमेर समुहका २३ हजार बालबालिकाहरुलाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाउन शुरु गरिएको छ ।
उक्त खोप पौष ७ गते (वुधवार) वाट शुरु भई १० गतेसम्म लगाइने छ । जिल्लाको २ नगरपालिका र ६ वटा गाउँपालिका गरि ८ वटै स्थानिय तहमा रहेका विद्यालयहरुमा स्वास्थ्यकर्मी पुगेर खोप लगाउने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख शान्तिराम खतिवडाले जानकारी दिए ।
उनले भने– जिल्लाको सवै स्थानिय तहका विद्यालयहरुमा स्वास्थ्यकर्मी र खोप पुगिसकेको छ । स्थानिय तहसँग माग गरिएको बालबालिकाको विवरणको आधारमा केन्द्रवाट खोप झिकाएर पालिकासम्म पठाएका छौं । पालिकास्तरमा पठाएको खोप अपुग भएको खण्डमा पुनः झिकाएर भयपनि जिल्लाका सवै बालबालिकाहरुलाई खोप प्रदान गरिने प्रमुख खतिवडाले बताए ।
बालबालिकाको विवरण माग गर्न जिल्ला स्वास्थ्य कार्यालय रामेछापले यसअघि नै जिल्लाको ८ वटै स्थानिय तहहरुमा परिपत्र गरिएकोमा केही पालिकाहरुले हचुवाको भरमा बालबालिकाको विवरण गलत टिपाएर पठाएकाले खोप अपुग हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । कोरोना विरुद्धको खोपको बिषयमा स्थानिय जनप्रतितिनिधिहरु गम्भिर नहुँदा खोप लगाउन समस्या भएको पनि स्वास्थ्य प्रमुख खतिवडाले जानकारी दिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...