रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले बुधबार एकै दिन २ वटा शब फेला परेको छ । खाडाँदेबी गाउँपालिकामा पर्ने सुनकोशी नदिको किनारमा पहिचान खुल्न नसकेको सडिगली रहेको अवस्थामा वेवारीसे लास फेला परेको हो । बुधबार दिउसो ३ ः ३० बजेको समयमा खाडाँदेबी गाउँपालिका –४ पुछिघाटमा पर्ने सुनकोसी नदिको किनारमा अन्दाजी ४५ बर्षको एक पुरुषको शब फेला परेको छ । कम्मरमा नाम्लाले बाँधेको माछा मार्ने फुर्लुङ भिरेको,बर्ण गहुगोरो,उचाई अं.५’३ भएको मानिसको लास फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । शबको हालसम्म पहिचान खुल्न सकेको छैन् । त्यस्तै गरी खाडाँदेबी गाउँपालिका वडा नं १ बेलघारीमा पर्ने सुनकोशी नदीको किनारमा दिउसो १ बजेको समयमा पहिचान खुल्लन नसकेको शब फेला परेको छ । बलघारीमा फेला परेको शबको भने आधाभाग कुहिएर झरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक श्री शंकर श्रेष्ठले बताए । उनिहरुको शबलाई पोष्टमाटमको लागी मन्थली ल्याउदै गरेको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...