रामेछापमा १४ वटा खानेपानी योजना निमार्ण हुँदै

Written by meropradesh creator

१९ पुष २०७७, आईतवार

रामेछाप । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नं–४ रामेछाप अन्तर्गत रामेछापका ८ वटै स्थानिय तहहरुमा गरि १४ वटा नयाँ खानेपानीका योजनाहरुको काम अघि वढेको छ ।
वाग्मती प्रदेश खानेपानी कार्यक्रम मार्फत ढिकुरी गडी खानेपानी आयोजना, गागलभदौरे खानेपानी आयोजना, जरङ्गेखोला खानेपानी आयोजना, दिमिखओटा लिफ्ट खानेपानी आयोजना, नवुघाट तल्लो बेतिनी लिफ्ट खानेपानी आयोजनाको काम अघि वढेको छ । त्यसैगरी भालुखोप ड्रिल खानेपानी आयोजना, कुडहर खानेपानी आयोजना, सालिमेखोला खानेपानी आयोजना, फुलासी तामाकोशी खानेपानी आयोजना र कात्तिके लिफ्ट भंगेरी खानेपानी आयोजनाको काम समेत एकै साथ अघि वढाएको हो ।
यसैगरी प्रदेश खानेपानी कार्यक्रमबाट साल्मेखोला खानेपानी गुणस्तर सुधार आयोजना, खिम्ती बजार खानेपानी गुणस्तर सुधार आयोजना र सुनापति बृहत खानेपानी आयोजना गरी रामेछापमा १४ वटा योजनाहरुको काम अघि वढेको खानेपानी तथा सरससफाई डिभिजन कार्यालय रामेछापका प्रमुख सन्तोषकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भने– संचालन भएको कतिपय योजनाहरु अघिल्लो वर्षदेखी नै काम शुरुवात भइसकेका योजनालाई क्रमागत रुपमा राखिएको छ भने कतिपय योजनाहरु नयाँ रहेका छन् । संचालित योजनाहरु मध्ये केही योजना यसै आर्थिक वर्षमा सकिने गरि काम भइरहेका छन् भने कतिपय योजनाहरुको काम सक्न अझै केही वर्ष लाग्ने पनि प्रमुख श्रेष्ठले वताए ।
जिल्लामा संचालित केही योजनाहरु स्थानिय उपभोक्ता समिति मार्फत संचालित छन् भने केही ठूला आयोजनाहरु टेण्डर प्रक्रियावाट संचालन भइरहेका छन् । सवै योजनाहरुमा प्राविधिकहरुको नियमित निगरानीमा काम भएकाले सवै काम गुणस्तरिय रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका इन्जििनियर नवराज सत्यालले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...