रामेछापमा १० मतदान स्थल थप्न सिफारिस

Written by meropradesh creator

२३ श्रावण २०७९, सोमबार

रामेछाप । जिल्ला निर्वाचन कार्यालय रामेछापले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्लाभित्र ५ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ ।

यसअघि रामेछापमा ९२ वटा मतदान केन्द्र र २ सय २३ वटा मतदान केन्द्र रहेको थियो । हाल जिल्लामा मतदाता सख्या बृद्धि भएको र यसअघि रहेको मतदान केन्द्र सवै मतदातालाई पायक नपर्ने भन्ने गुनसो स्थानिय तहवाट आएपछि यसअघि भएको ९२ मतदान स्थल मध्ये ५ वटा थप गरि ९७ वटा मतदान स्थल बनाउने र २ सय २३ वटा मतदान केन्द्रमा थप ५ वटा थप गरी २ सय २८ वटा पुरयाउने गरी निर्वाचन आयोगलाई सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकृत मधुकर शाहले जानकारी दिए । उनले भने– ८ वटा मतदान स्थलको नाम शसोधन, ५ वटा मतदान केन्द्रलाई फुटाएर १० वनाउने र ४ वटा मतदान केन्द्रको ठाउँ सारीको लागि सिफारिस गरेका छौं ।

निर्वाचन कार्यालयले खाँडादेवी गाउँपालिका–१ राकाथुम वडा कार्यालयमा रहेको मतदान स्थललाई राकाथुम माध्यमिक विद्यालय, सोही गाउँपालिका–५ पकरवास आधारभूत विद्यालय राम्चेमा रहेको मतदान स्थललाई वडा कार्यालय भवन भिमस्थान, रामेछाप नगरपालिका–३ साँघुुटार कालिका ईश्वरी आधारभूत विद्यालय बाँकीमैरीमा रहेको मतदान स्थललाई वडा कार्यालय भवन साँघुटार र सोही पालिका–९ को भिमसेनस्थान मन्दिरमा रहेको मतदान स्थललाई भिमेश्वर आधारभूत विद्यालय ल्याङल्याङमा सार्न सिफारिस गरेको छ ।

निर्वाचन कार्यालय रामेछापले अहिले मतदाता नामावली संङकलनको काम रोकी यसअघि मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरुका अध्यावधिक गर्ने काम भइरहेको जनाएको छ । रामेछापमा गएको वैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा २ लाख ७८ हजार ८ स य ६७ जना मतदाताको नाम कायम गरिएको थियो । जसमध्ये स्थानिय तहको निर्वाचनमा १ लाख १७ हजार २ सय ४२ जनाले मतदान प्रक्रियामा सहभागीता जनाएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...