रामेछाप । रामेछापमा आज एकै दिन १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लमा दोस्रो लहर अन्र्तगत संक्रमितको संख्या ४ सय ८५ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुबन थापाले दिएको जानकारी अनुसार मन्थली र रामेछाप नगरपालिकामा आज सबै भन्दा धेरै ९७ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै गरी सुनापति गाउँपालिकामा २० जना, दोरम्बा गाउँपालिकामा २८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ । रामेछापमा कोरोना संक्रमणबाट २ जनाको ज्यान समेत गइसकेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...