रामेछापलाई हराउँदै माझी गोल्ड कपको उपाधि सिन्धुलीलाई

Written by meropradesh creator

२३ कार्तिक २०८०, बिहीबार

रामेछाप । सिन्धुलीमा जारी ‘तेस्रो राष्ट्रिय माझी गोल्ड कप’ फुटबलको उपाधि आयोजक सिन्धुलीले राख्न सफल भएको छ ।  मङ्गलवार सम्पन्न खेलमा ६–७ ले हराउँदै सिन्धुलीले उपाधि आफ्नो कब्जामा राख्न सफल भएको हो ।
सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नं ५ बोटेनी खेल मैदानमा भएको खेलमा नेपाल माझी उत्थान सङ्घ सिन्धुली ‘ए’ ले नेपाल माझी उत्थान सङ्घ रामेछापमाथि ७–६ ले जित निकालेको हो । दिउँसो २ बजेदेखि सुरु भएको खेलमा सुरुवाती अग्रता लिएको रामेछापलाई रोक्दै सिन्धुलीले उपाधि चुम्यो । निर्धारित समयसम्म दुवै तर्फ २–२ को बराबरीमा पुगेपछि खेल ट्राई बेकरमा गएको थियो । जसमा सिन्धुलीले ७ गोल ग¥यो भने रामेछापले ६ गोल मात्रै गर्न सक्यो ।
उपाधि जितेसँगै आयोजक सिन्धुलीले प्रथम पुरस्कार नगद २ लाख ६५ हजार ५५५ रुपैयाँ सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । विजेता खेलाडीहरूलाई युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले पुरस्कार प्रदान गरे । त्यस्तै उपविजेता रामेछापले १ लाख ३२ हजार २२२ रुपैयाँ सहित कप, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । भने सिन्धुपाल्चोकलाई ट्राई बेकरमा ३–२ ले हराउँदै सुनसरी जिल्लाले जितेको छ । उसले नगद ६६ हजार ६६६ मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
विभिन्न विधामा समेत खेलाडीहरू नगद १५ र १० हजार सहित पुरस्कृत भएका छन् । यही कात्तिक १३ गतेदेखि सुरु भएको देश भरीका माझी समुदायका फुटबल खेलाडी सम्मेलीत खेलमा २३ टिमको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा सिन्धुलीका प्रतिनिधिसभा सदस्य (सांसद)  लेखनाथ दाहाल (राजन) सहित नेपाल माझी उत्थान सङ्घका केन्द्रीय अध्यक्ष चिनीमाया माझी, माझी चलचित्र सङ्घका अध्यक्ष पदम कुमारी माझी (सिजिका), नेपाल माझी विद्यार्थी उत्थान सङ्घका अध्यक्ष धनबहादुर माझी, नेपाल माझी उत्थान सङ्घ केन्द्रीय महासचिव तथा जिल्ला अध्यक्ष बबिन्द्रलाल माझी लगायत नगरपालिकाका प्रमुख, उपप्रमुखहरूको उपस्थिति रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुमस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको रुद्रेश्वर महादेव मन्दिर परिसरमा शनिबारदेखि सार्वजनिक संगीतसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। श्रीमद्भागवत मूल समारोह समितिका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा आयोजित...

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली कात्तिक १५- जिल्लाको पुरानो सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन, सचिव हिमाल ढुङगेलद्धारा प्रस्तुत...

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

तीन बर्ष अबधिमा रामेछापबाट १ सय ५४ जना महिला, बालबालिका र जेष्ठ नागरिक हराएका छन् । हराएका मध्ये अधिकांश भेटिएका छन्, भने चार जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । २०७९/०८० मा ४१ जना २०८०/०८१ मा ४२ जना २०८१/०८२ मा ५४ जना र चालु आवको तीन महिनामा...