रामेछाप । केन्द्रीय तथ्याङक विभागको बुधबार सार्वजनिक गरेको २०७८ को प्रारम्भिक तथ्याङक अनुसार रामेछापको सुनापती गाउँपालिकाको जनसंख्या सबै भन्दा कम रहेको छ । जिल्लामा रहेको ८ वटा स्थानिय तह मध्य मन्थली नगरपालिकाको सबै भन्दा बढी रहेको छ भने मन्थली नगरपालिकाको सबै भन्दा कम रहेको छ । केन्द्रीय तथ्याङक विभागको बुधबार सार्वजनिक गरेको २०७८ को प्रारम्भिक तथ्याङक अनुसार रामेछापका मन्थली नगरपालिकाको जनसंख्या ४० हजार २ सय ३० रहेको छ भने सुनापति गाउँपालिकाको जनसंख्या १४ हजार ६ सय १६ मात्र रहेको छ ।
त्यसै गरी प्रारम्भिक तथ्याङक अनुसार रामेछाप नगरापलिकाको जनसंख्या २५ हजार १ सय १७ रहेको छ भने खाँडादेवी गाउँपालिकाको जनसंख्या १९ हजार ३ सय ८१ रहेको छ । लिखु तामाकोसी गाउँपालिकाको जनसंख्या १८ हजार ६ सय ७५ रहेको छ भने गोकुलगंगा गाउँपालिकाको जनसंख्या १८ हजार ३ सय ६३ रहेको छ । त्यसै गरी दोरम्बा शैलुङ गाउँपालिकाको जनसंख्या १७ हजार ५ सय २९ रहेको छ भने उमाकुण्ड गाउँपालिकाको जनसंख्या १६ हजार ७ सय ९ रहेको छ ।
सो तथ्याङकलाई आधार मान्दा रामेछाप जिल्लामा पुरुषको भन्दा महिलाको जनसंख्या कम छ । तथ्याङक अनुसार जिल्लामा महिलाको जनसंख्या ८९ हजार ८ सय ४२ रहेको छ भने पुरुषको जनसंख्या ८० हजार ७ सय ७८ जना मात्र रहेको छ । जिल्लामा पुरुष भन्दा महिलाको संख्या ९ हजार ६४ बढी छ । जिल्लाको ८ वटै स्थानिय तहमा महिलाको संख्या बढी रहेको २०७८ को प्रारम्भिक तथ्याङकले देखाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...