रामेछाप । रामेछाप जिल्लामा रहेको आठ वटा स्थानीय तहले आगामी आर्थिक बर्ष २०७८÷०७९को लागी ५ अर्ब ८६ करोड ७१ लाखको बजेट वनियोजन गरेको छ । स्थानीय तहले पूर्वाधार कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्षको बजेट सार्वजनीक गरेको छ ।
आगामी आर्थिक बर्षको लागि मन्थली नगरपालिकाले १ अर्ब ७ करोड ८५ लाख, रामेछाप नगरपालिकाले ६३ करोड १९ लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी खाँडादेवी गाउँपालिकाले ८२ करोड ७७ लाख, दोरम्बा गाउँपालिकाले ६२ करोड ८३ लाख, सुनापति गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ५१ करोडको बजेट प्रस्ताब गरेको छ ।
लिखु तामाकोसी गाउँपालिकाले यस आर्थिक बर्षमा गाउँपालिकाको खर्च हुन नसकेको बजेट सहितलाई जोडेर ९२ करोड ८५ लाखको बजेट प्रस्तुत गरेको छ । त्यस्तै गरी गोकुलगंगा गाउँपालिकाले ६७ करोड २० लाख र उमाकुण्ड गाउँपालिकाले ५९ करोडको बजेट सार्वजनीक गरेको छ ।
लिखु तामाकोसी गाउँपालिकाले भने यस आर्थिक बर्षमा गाउँपालिकाको खर्च हुन नसकेको बजेट सहितलाई जोडेर ९२ करोड ८५ लाखको बजेट प्रस्तुत गरेको हो । यस आर्थिक बर्षमा गाउँपालिकाले नौ महिनापछि ५९ करोड बजेट ल्याएको थियो । आगामी आर्थिक बर्षको लागि प्रस्तुत भएको बजेट पारित हुने कि नहुने अझै टुंगो लागेको छैन् । सबै स्थानीय तहले कृषि, पूर्वाधार, पर्यटन र रोजगारीलाई लक्षित गरेर बजेट ल्याएका छन् ।