रामेछापको मुख्य पर्यटककीय क्षेत्र सुनसान

Written by meropradesh creator

२७ पुष २०७७, सोमबार

रामेछाप । जिल्लाको मुख्य प्रमुख पर्यटकीय पदमार्ग क्षेत्र अहिले सुनसान भएको छ । विदेशी पर्यटकहरु आउन छाडेसँगै पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको उत्तरी क्षेत्र कोरोनाको महामारी सँगै सुनसान पछि उठ्न सकेको छैन् ।
पर्यटकिय दृष्टिकोणले अति नै महत्वपूर्ण मानिएको रामेछापकै एकमात्र उत्तरी क्षेत्र हो । यहाँ हिमाली क्षेत्रमा पाइने जैविक विविधता र वानस्पतिक विविधता देख्न पाइन्छ । त्यस्तै ६ हजार ९ सय मिटर उचाईको नुम्वुर हिमाल समेत रामेछापमा नै पर्ने भएकाले उक्त हिमाल हेर्दे विदेशी पर्यटकहरु रामेछापको शिवालयवाट प्रवेश गरेर देउराली, थोदुङ्ग, सेर्दिङ्ग, क्यामा, उमार्तिथ, ल्हाछेवर हुँदै सोलुखुम्वुको दूधकुण्ड क्षेत्र निस्कने पदमार्ग मार्फत पैदल जाने गर्दथे ।
त्यस्तै रामेछापको उत्तरी सिमाना हुँदै सोलुखुम्वु जिल्लाको बेसक्याम्पसम्म जाने रुटमा पनि विदेशी पर्यटकहरु कोरोनाको महामारीपछि आउन छाडेपछि त्यस क्षेत्रको व्यापार व्यवसाय समेत ठप्प भएको छ । केही वर्षअघिसम्म यो समयमा विदेशी पाहुनाले खचाखच हुने वजार केन्द्रहरु अहिले सुनसान भएका छन् ।
जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं–२ चुचुरेको शिवालयमा चेकपोष्ट खडा गरी वसेको गौरीशंकर संरक्षण केन्द्रले प्रति व्यक्ति ३ हजार रकम लिएपछि विदेशी पर्यटक आउने संख्यामा कमी आएको उमाकुण्ड गाउँपालिका वडा नं–२ वाम्तीका होटल व्यवसायी चुडामणी श्रेष्ठले जानकारी दिए ।
उनले भने– एकातिर कोरोनाको महामारी छ, त्यसमा पनि गौरिशंकर संरक्षण केन्द्रले प्रति व्यक्ति ३ हजार रुपैयाँका दरले रकम उठाउन थालेपछि रामेछाप हुँदै सोलुखुम्बु तर्फ जाने विदेशी पर्यटकहरु आउँनै छाडे । पर्यटकहरु आउने संख्यामा बृद्धि भएसँगै धेरै राम्रा राम्रा घरहरु समेतका पूर्वाधारहरु समेत वने । पर्यटकहरु नआउँदा सवै व्यापारीहरुको व्यवसाय नै चौपट भएको श्रेष्ठ बताउँछन् ।
विदेशी पर्यटकहरु राजधानी काठमाण्डौंवाट यातायातका साधनमा दोलखाको जिरी आएर बास वस्ने र भोलिपल्ट जिरीवाट पैदल हिडेर रामेछापको शिवालय र रामेछापकै वाम्ती भण्डार हुँदै सोलुखुम्वुको किग्जाबाट सगरमाथा आधारशिविर तर्फ जाने गर्दथे । केही वर्षअघिसम्म सगरमाथा जान आउने विदेशी पर्यटकहरुले भरीभराउ हुने रामेछापका उत्तरी क्षेत्रका होटलहरु यतिखेर सुनसान छन् ।
संरक्षण केन्द्रले आफ्नो क्षेत्रभित्र प्रवेश गर्ने वित्तिकै विदेशी पर्यटकहरुसँग रकम लिन थालेपछि पर्यटकहरुले सगरमाथा वेस क्याम जाने रुट नै वदलेका हुन् । दोलखाको जिरी भएर रामेछाप हुँदै सोलु जाने पर्यटकहरु पैसा वढी तिर्नु पर्ने र सेवा सुविधा केही नभएपछि उनीहरुले अहिले सिजनको समयमा राजधानी काठमाण्डौं वाट सवारीसाधन मार्फत सोलुसम्म पुग्ने सोलुको पतालेवाट पैदल हिडेर वेसक्याम सम्म जाने गरेको गोकुलगंगा गाउँपालिका २ देउरालीमा होटल व्यवसाय संचालन गर्दै आएकी आङकाजी शेर्पाले वताइन ।
उनले भनिन्– पर्यटकहरु गौरिशंकर संरक्षण केन्द्र भित्र नगई पैदल हिड्दा पनि प्रति व्यक्ति ३ हजार रुपैयाँ नै लिने गरेका कारण विदेशी पर्यटकहरु आउन छाडेका हुन् । संरक्षण केन्द्रले विदेशी सँग ३ हजार नभई १ हजार रुपैयाँसम्म लिए देखी उनीहरु पनि यहीँ वाटो हुँदै हिड्ने र विदेशी पर्यटकहरु समेत वढ्न सक्ने थिए । तर संरक्षण केन्द्रले विदेशी पर्यटकहरु वढाउनको सट्टा रोक्ने काम गर्यो । हामीले त पटक–पटक धेरै पैसा नलिउँ भनेर भन्यौं, हाम्रो आवाज कसैले सुनेनन् जसका कारण अहिले व्यापार व्यवसाय सवै टाट पल्टिन थाल्यो ।


केही बर्ष अघिसम्म पर्यटकहरु आउने सिजनमा हिड्ने गोरेटो वाटो र होटलभरी विदेशी पर्यटकहरु मात्र देखिने रामेछापको उत्तरी क्षेत्रमा यतिखेर भने कोरोनाको महामारी पछि एक÷दुई जना मात्र देखिने थालेका छन् । व्यवसायीहरुले विदेशी पर्यटकहरुलाई लक्षित गरी काठका कलात्मक सुन्दर घर, त्यही अनुसार शौचालय, वेडरुम लगाएतका पूर्वाधारहरु समेत बनाएका छन् ।
गौरिशंकर संरक्षण क्षेत्र आयोजनामा सम्र्पक गर्दा नियम अनुसार नै रकम लिएको सो आयोजनाका एक कर्मचारीले जानकारी दिए । उनले भने– पर्यटक संरक्षण क्षेत्र भित्र भ्रमण गरुन वा नगरुन यो वाटो हुँदै हिडेपछि अनिवार्य रुपमा प्रति व्यक्ति उनीहरुवाट ३ हजार रुपैयाँ लिनै पर्ने प्रावधान भएकाले त्यही अनुसार रकम उठाएको वताए ।
गौरिशंकर संरक्षण क्षेत्रभित्र जटापोखरी, पाँचपोखरी जस्ता पवित्र हिमतालहरु, काङ्गछ्योर्तेन (काउ गुम्वा) उमाकुण्ड, सुम्दह र उमातिर्थ लगाएका पवित्र धार्मिक तिर्थस्थलहरु र नुम्वुर हिमाल समेत रहेका छन् । जसले प्रत्यक्ष रुपमा विदेशी पर्यटकहरुलाई लोभ्याउने गरेको छ । तर स्थानिय तहले विदेशी पर्यटकहरु भित्रयाउन भने खासै योजना अघि सारेका छैनन् । जसका कारण विदेशी पर्यटकहरु सोचेजती आएका छैनन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

लामो संगठनात्मक अनुभव भएका खड्कालाई कांग्रेसको जिम्मेवारी

रामेछाप – नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि रामेछाप जिल्लाबाट रामचन्द्र खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार लामो समय संगठनात्मक नेतृत्वमा सक्रिय खड्कालाई जिम्मेवारी दिइएको हो ।...

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

संसदीय बोर्ड बैठक नबस्दा कांग्रेसका उम्मेदवार सार्वजनिक भएनन्

काठमाडौं । नेपाली कांग्रेसको सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय बोर्डको बैठक अझै बस्न नसक्दा पार्टीका तर्फबाट उम्मेदवारहरू औपचारिक रूपमा सार्वजनिक हुन सकेका छैनन्। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार केही निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगिए पनि संसदीय...

रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछापमा नेकपाको उम्मेदवार श्यामकुमार श्रेष्ठ,चुनावी तयारी तीव्र

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले रामेछापमा केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ (कुसल) लाई उम्मेदवार बनाएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापका लागि पार्टीले श्रेष्ठलाई उम्मेदवारका रूपमा सिफारिस...