रामेछापको कुन स्थानिय तहमा क–कसको छ अग्रता

Written by meropradesh creator

२ जेष्ठ २०७९, सोमबार

रामेछाप । जिल्लाको २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटै स्थानिय तहमा मतगणना जारी रहेको छ । केही स्थानमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् भने केही स्थानमा नेकपा माओवादी केन्द्र र केहीमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

अहिलेसम्मको मत गणनाको परिणाम अनुसार रामेछाप नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । नेपाली काँग्रेसवाट प्रमुख पदमा उम्मेदवार वनेका लवश्री न्यौपानेले २८७४ मत र उपप्रमुखमा वाला कुमारी कार्कीले २९२८ मत प्राप्त गरेकी छिन् । उनीहरुलाई नेकपा एमालेका उम्मेदवारले पक्षाइरहेका छन् । एमालेका उम्मेदवार रोशन पाख्रिनले २८१४ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा उम्मेदवार सिता केसीले २८८९ मत प्राप्त गरेकी छिन् ।

त्यसैगरी मन्थली नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार वनेका लव श्रेष्ठले अग्रता लिएका छन् श्रेष्ठले ३५७४ मत प्राप्त गरेका छन भने उपप्रमुखमा एमालेकै ईश्वरी वस्नेतले ३२१४ मत प्राप्त गरेकी छिन् । उनीहरुलाई नेपाली काँग्रेसका उम्मेदवारले पक्षाइरहेका छन् । काँग्रेसका उम्मेदवार विनोद कार्कीले २९६० मत प्राप्त गरेका छन् भने उपप्रमुख पदमा यशोदा श्रेष्ठले ३०१५ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसलले अग्रता लिएको छ । नेपाली काँग्रेसका उम्मेदवार जितवहादुर कटुवालले १२०९ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा सावित्री सुनुवारले १२१४ मत प्राप्त गरेकी छिन् । उनीहरुलाई नेकपा एमालेका उम्मेदवारहरुले पक्षाइरहेका छन् । एमालेका उम्मेदवार शेरवहादुर सुनुवारले ११५६ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा गंगा कार्कीले १०५६ मत प्राप्त गरेकी छिन् ।

यसैगरी गोकुलगंगा गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसको तर्फवाट पालिकाको अध्यक्ष पदमा उम्मेदवार वनेका काजीवहादुर खड्का (दिनेश)ले ३९१८ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार खडगवहादुर सुनुवारले पक्षाइरहेका छन् सुनुवारले ३५९७ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा एमालेकी राधिका श्रेष्ठले ३४९९ मत प्राप्त गरेकी छिन् भने नेपाली काँग्रेकी उम्मेदवार उषादेवी कार्कीले ३३४६ मत प्राप्त गरेकी छिन् ।

यस्तै लिखु तामाकोशी गाउँपालिकामा नेकपा एमालले अग्रता लिएको छ । एमालेका उम्मेदवार कमलप्रसाद कडेरीयाले १५१७ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा एमालेकै दिपा पाख्रिनले १५६६ मत प्राप्त गरेकी छिन् । उनीहरुलाई नेपाली काँग्रेसका उम्मेदवारहरुले पक्षाइरहेका छन् । काँग्रेसका उम्मेदवार केशब महतले १४८९ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा सरस्वती गुरुङले १२३७ मत प्राप्त गरेकी छिन् ।

यसैगरी दोरम्वा शैलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । नेकपा माओवादी तर्फवाट उम्मेदवार वनेका मयन कुमार मोक्तानले १९६० मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसको तर्फवाट उपप्रमुखमा उम्मेदवार वनेकी खमला थापामगरले १८७२ मत प्राप्त गरेकी छिन् । उनीहरुलाई नेकपा एमालेका उम्मेदवारहरुले पक्षाइरहेका छन् । एमालेवाट उम्मेदवार वनेका टंकप्रसाद चौलागाईले १९२९ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा एमालेकी मुना कँडेललले १८४४ मत प्राप्त गरेकी छिन् ।

यस्तै सुनापती गाउँपालिकामा पनि नेकपा माओवादीका उम्मेदवार ठुलोकान्छा तामाङले अग्रता लिएका छन् । उनले २८७३ मत प्राप्त गरेका छन् भने माओवादीकै उपप्रमुखमा गिता बिष्टले २८९४ मत प्राप्त गरेकी छिन् । उनीहरुलाई नेपाली काँग्रेसका उम्मेदवारहरुले पक्षाइरहेका   छन् । काँग्रेसका कमान खड्काले २४३७ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा काँग्रेसकै शान्ति मोक्तानले २६२१ मत प्राप्त गरेकी छिन् । अहिले पनि मतगणना जारी रहेको छ ।

जिल्लाको ८ वटा स्थानिय तहमध्ये खाँडादेवी गाउँपालिकामा वैशाख ३० गते नेकपा माओवादी र काँग्रेसका कार्यकर्ताहरु विच विवाद भएपछि खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । उक्त मतदान आज भइरहेकाले मतदान पछि मतगणना हुने मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...