रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकामा अबिरल वर्षा संगै आएको बाढी र बाढी पछीको पहिरोले २ जनाको ज्यान लिएको छ । भने पहिरोमा परी ८ जना बेपत्ता भएको छन् । एक जना घाइते भएका छन् ।
गय राति करिब १२ बजेको समयमा गाउँमाथिबाट आएको पहिरोका कारण ८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । उनिहरुको खोजिकार्य भइरहेको छ ।
शनिवार साँझा ७ बजेदेखि परेको अबिरल बर्षाका कारण आएको पहिरोले दोरम्बा शैलुङ गाउँपालिका–३ को लेकखर्कमा ४ घर बगाउँदा ८ जना बेपत्ता भएको दोरम्बा शैलुङ गाउँपालिकाका उपाध्यक्ष खमला थापामगरले जानकारी दिए । उपाध्यक्ष थापामगरका अनुसार अहिलेसम्म २ जनाको शव फेला परेको छ । शव चण्डीका थापामगको आमा छोरीको भएको जानकारी दिएको छ । अन्य आठ जना पनी पहिरोमा परेको हुन सक्ने उपाध्यक्ष मगरले जानकारि दिइन् ।
घटना स्थलमा नेपाल प्रहरी, नेपाल आर्मी, र शसस्त्र प्रहरी र स्थानियद्वारा उद्दार कार्य भइरहेको पनि थापामगरले जानकारी दिएका छन् । अन्य क्षतिको हाल अनुमान गर्न नसकिने उपाध्यक्ष थापामगरले बताईन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...