रामेछाप । नेकपा केपी शर्मा ओली समुहका महाधिबेशन आयोजक समितिका सदस्य रत्न गौतमले रामेछाप–काठमाण्डौं सम्र्पक मञ्चको इन्चार्जको जिम्वेवारी पाएका छन् ।
सो पार्टीले नेता गौतमलाई सम्र्पक मञ्चको जिम्वेवारी दिएको हो । नेकपा ओली समुह र प्रचण्ड–माधब समुहको पार्टी विभाजन सँगै नेकपा केपी शर्मा ओली पक्षको तर्फवाट नेता गौतम केन्द्रीय सदस्यमा मनोनित भएका थिए । नेकपा पार्टी विभाजन सँगै रामेछापबाट केपी शर्मा ओली पक्षवाट १० जनालाई केन्द्रिय महाधिवेशन आयोजक समितिमा चयन गरेको छ ।
यसअघि सो पार्टीले ३ जनालाई सदस्य विस्तार गरिसकेको थियो । हाल रामेछापमा ओली पक्षको तर्फवाट केन्द्रिय महाधिवेशन आयोजक समितिमा बस्ने सदस्य संख्या १३ जना पुगेको छ ।