रामेछाप । मन्थली नगरपालिका ११ गेलुका संजय बुढाथोकी स्ववियु परिषदको केन्द्रिय सदस्यमा चयन भएका छन् । कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत रहेका बुढाथोकीलाई नेपाल विद्यार्थी संघले स्ववियु परिषद्को केन्द्रिय संयोजकमा चयन गरेको हो ।
नेविसंघका केन्द्रीय सभापति दुजाङ शेर्पाले बुधवार क्याम्पस सभापति बुढाथोकीलाई परिषद् सभापतिमा चयन गरेको हो । बुढाथोकीलाई नेपाल विद्यार्थी संघको विधान २०२७ (परिमार्जित र संशोधित २०७५) को भाग ३ को धारा (६) र नियमावली २०७३ परिच्छेद ११ को व्यवस्था बमोजिम रिक्त रहेको स्ववियु परिषद् सभापतिको पदमा चयन गरिएको हो ।
स्ववियुको परिषद् सभापति बनेका बुढाथोकीले राष्ट्रिय अधिवेशन तीन महिना भित्र सम्पन्न गरिसक्नु पर्ने गरी जिम्मेवारी दिइएको नेविसंघका सभापति शेर्पाले पत्रमा उल्लेख गरेको छ ।
बुढाथोकीले स्ववियु परिषदको निति र बिधि अनुसार आफुलाई दिएको जिम्मेवारी निभाउने भन्दै तिन महिना भित्र अधिबेसन सम्पन्न गर्ने बताएका छन् ।