रामेछापका शिक्षकहरूले  बुझाए ज्ञापन पत्र

१२ बैशाख २०८१, बुधबार

 मन्थली । रामेछापमा एस. इ. इ. २०८० को उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाई रामेछाप मार्फत परीक्षा नियन्त्रण कार्यालय भक्तपुरलाई ज्ञापन पत्र बुझाएको छ । उत्तर पुस्तिका परीक्षण बापतको रकम (पारिश्रमिक) न्यून भएको भन्दै मङ्गलवार उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।

परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले उत्तर पुस्तिका परीक्षण गरेबापत हाल प्रति गोटा रु २४ का दरले (कर सहित) रकम उपलब्ध गराउँदै आएको थियो । उनीहरूले उत्तर पुस्तिका परीक्षण गरेबापदको पारिश्रमिक प्रति गोटा रु ४० रुपैयाँ माग गरेका छन् । एक हप्ता सम्म पनि आफ्नो जायज मागहरू पुरा नभए जिल्लाका सबै शिक्षकहरूले उत्तर पुस्तिका परीक्षण नगर्ने चेतावनी समेत ज्ञापन पत्र मार्फत दिएका छन् ।

ज्ञापन पत्र बुझाउँदै शिक्षक पार्वती कडरियाले – “२०७२ साल देखि उत्तर पुस्तिका परीक्षण गरेको रकम एउटै छ । दिनभरमा ५० वटा पनि उत्तर पुस्तिका परीक्षण गर्न सकिँदैन त्यसो हुँदा दिनमा रु १ हजार पनि मुस्किलले हुन्छ यो ट्रेड युनियनको अधिकार विपरीत हुन्छ ।”

ज्ञापन पत्र बुझ्दै शिक्षा विकास तथा समन्वय इकाई रामेछापका निमित्त कार्यालय प्रमुख वालकृष्ण ढुङ्गेलले उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरूले बुझाएको ज्ञापन पत्र जस्ताको तस्तै परीक्षा नियन्त्रण कार्यालयमा पठाएर आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ज्ञापन पत्रमा नेपाली, अग्रेजी, गणित, विज्ञान,सामाजिक, कार्यालय सञ्चालन, र अर्थशास्त्र विषयको बिषयत शिक्षकहरू क्रमशः गुण बहादुर सार्की, मोतीलाल लामा, सुरेन्द्र के शी, नीलकण्ठ पुरी, पार्वती कडरीया, अमित कुमार सिंह र विनोद पौडेलले प्रतिनिधि मूलक ढङ्गबाट हस्ताक्षर गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो एक वर्षे कार्यकाल शान्ति सुरक्षा कायम गर्न, नागरिक सन्तुष्टि दिलाउन र विपद् व्यवस्थापनमा पूर्ण रूपमा सफल रहेको दाबी गर्नुभएको छ। सप्तरी सरुवा भई जान लाग्नुभएका प्रजिअ थापाले सञ्चारकर्मीहरूसँगको बिदाइ भेटघाटमा...

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामपुर स्वास्थ्य चौकी अब किशोरकिशोरी मैत्री, सुरक्षित र गोपनीय परामर्श पाइने

रामेछाप नगरपालिकाको रामपुर स्वास्थ्य चौकीले किशोरकिशोरीहरूको स्वास्थ्य र मनोविज्ञानलाई प्राथमिकता दिँदै विशेष सेवा सुरु गरेको छ। आवश्यक सम्पूर्ण मापदण्ड र गुणस्तर पूरा गरेपछि रामपुर स्वास्थ्य चौकीलाई औपचारिक रूपमा 'किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था' घोषणा गरिएको हो।...

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

ट्राफिक नियम उल्लंघनको कसुरमा हर्क साम्पाङलाई जरिवाना

धरान उपमहानगरपालिकाका पूर्वमेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाहीमा परेका छन्। सामाजिक सञ्जालमा उनले एक हातले मोबाइल समातेर भिडिओ खिच्दै बाइक चलाएको दृश्य सार्वजनिक भएपछि तीव्र जनगुनासो बढेको थियो। यसरी...