रामेछापका शिक्षकहरूले  बुझाए ज्ञापन पत्र

१२ बैशाख २०८१, बुधबार

 मन्थली । रामेछापमा एस. इ. इ. २०८० को उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरूले शिक्षा विकास तथा समन्वय इकाई रामेछाप मार्फत परीक्षा नियन्त्रण कार्यालय भक्तपुरलाई ज्ञापन पत्र बुझाएको छ । उत्तर पुस्तिका परीक्षण बापतको रकम (पारिश्रमिक) न्यून भएको भन्दै मङ्गलवार उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।

परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले उत्तर पुस्तिका परीक्षण गरेबापत हाल प्रति गोटा रु २४ का दरले (कर सहित) रकम उपलब्ध गराउँदै आएको थियो । उनीहरूले उत्तर पुस्तिका परीक्षण गरेबापदको पारिश्रमिक प्रति गोटा रु ४० रुपैयाँ माग गरेका छन् । एक हप्ता सम्म पनि आफ्नो जायज मागहरू पुरा नभए जिल्लाका सबै शिक्षकहरूले उत्तर पुस्तिका परीक्षण नगर्ने चेतावनी समेत ज्ञापन पत्र मार्फत दिएका छन् ।

ज्ञापन पत्र बुझाउँदै शिक्षक पार्वती कडरियाले – “२०७२ साल देखि उत्तर पुस्तिका परीक्षण गरेको रकम एउटै छ । दिनभरमा ५० वटा पनि उत्तर पुस्तिका परीक्षण गर्न सकिँदैन त्यसो हुँदा दिनमा रु १ हजार पनि मुस्किलले हुन्छ यो ट्रेड युनियनको अधिकार विपरीत हुन्छ ।”

ज्ञापन पत्र बुझ्दै शिक्षा विकास तथा समन्वय इकाई रामेछापका निमित्त कार्यालय प्रमुख वालकृष्ण ढुङ्गेलले उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरूले बुझाएको ज्ञापन पत्र जस्ताको तस्तै परीक्षा नियन्त्रण कार्यालयमा पठाएर आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ज्ञापन पत्रमा नेपाली, अग्रेजी, गणित, विज्ञान,सामाजिक, कार्यालय सञ्चालन, र अर्थशास्त्र विषयको बिषयत शिक्षकहरू क्रमशः गुण बहादुर सार्की, मोतीलाल लामा, सुरेन्द्र के शी, नीलकण्ठ पुरी, पार्वती कडरीया, अमित कुमार सिंह र विनोद पौडेलले प्रतिनिधि मूलक ढङ्गबाट हस्ताक्षर गरेका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...