रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले रामेछापका नागरिकले महसुस गर्ने गरि शान्ती सुरक्षाको क्षेत्रमा काम गर्ने बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि सोमबार जिल्ला स्थित पत्रकारहरूसँग परिचयात्मक कार्यक्रम आयोजना गरी प्रमुख जिल्ला अधिकारी थापाले यस्तो शान्ती सुरक्षाको महसुस गर्ने गरि काम गर्ने बताउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालयको पहिलो काम शान्ती सुरक्षा दिनु भएकाले शान्ती सुरुक्षालाई पहिलो प्रार्थमिकतामा राखेर काम गर्नै बताउनु भयो । उहाँले भन्नुभयो“अहिले म धेरै कुरा भन्दिन । तर ढुक्क हुनुहोस् मेरो कार्यकालमा केही न केही देखिनेका खालका काम गर्छु ।
उहाँले जिल्लाका विभिन्न ठाउँमा समयमै काम हुन नसकेर रुग्ण बनेका योजनाहरूलाई सम्पन्न गराउन सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्ने बताउनुभयो । यसका लागि पूर्वाधार निर्माणसँग सम्बन्धित कार्यालयका प्रमुखहरूसँग छलफल गरेर अगाडी बढ्ने बताउनु भयो ।
जिल्लामा सञ्चालित हाइड्रोपावरहरुले नियम अनुसार पानी नछोडेको लगायत सामाजिक उत्तरदायित्वसँग जोडिएका गुनासो आएको बताउँदै जिल्ला स्थित सबै हाइड्रोपावर हरुसँग बसेर नियम अनुसार सामाजिक उत्तरदायित्वमा जिम्मेवार बनाउन प्रशासन लाग्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
यस अघिका प्रमुख जिल्ला अधिकार राजु प्रसाद पौडेलको गृह मन्त्रालयमा सरुवा भएपछि तनहुँका प्रमुख जिल्ला अधिकारी सम्हालेका थापा रामेछापको प्रमुख जिल्ला अधिकारी भएर आउन ुभएको हो ।