रामेछापका नागरिकले महसुस गर्ने गरि काम गर्छु ः प्रमुख जिल्ला अधिकारी थापा

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले रामेछापका नागरिकले महसुस गर्ने गरि शान्ती सुरक्षाको क्षेत्रमा काम गर्ने बताउनु भएको छ । प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि सोमबार जिल्ला स्थित पत्रकारहरूसँग परिचयात्मक कार्यक्रम आयोजना गरी प्रमुख जिल्ला अधिकारी थापाले यस्तो शान्ती सुरक्षाको महसुस गर्ने गरि काम गर्ने बताउनु भएको छ ।


जिल्ला प्रशासन कार्यालयको पहिलो काम शान्ती सुरक्षा दिनु भएकाले शान्ती सुरुक्षालाई पहिलो प्रार्थमिकतामा राखेर काम गर्नै बताउनु भयो । उहाँले भन्नुभयो“अहिले म धेरै कुरा भन्दिन । तर ढुक्क हुनुहोस् मेरो कार्यकालमा केही न केही देखिनेका खालका काम गर्छु ।


उहाँले जिल्लाका विभिन्न ठाउँमा समयमै काम हुन नसकेर रुग्ण बनेका योजनाहरूलाई सम्पन्न गराउन सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्ने बताउनुभयो । यसका लागि पूर्वाधार निर्माणसँग सम्बन्धित कार्यालयका प्रमुखहरूसँग छलफल गरेर अगाडी बढ्ने बताउनु भयो ।


जिल्लामा सञ्चालित हाइड्रोपावरहरुले नियम अनुसार पानी नछोडेको लगायत सामाजिक उत्तरदायित्वसँग जोडिएका गुनासो आएको बताउँदै जिल्ला स्थित सबै हाइड्रोपावर हरुसँग बसेर नियम अनुसार सामाजिक उत्तरदायित्वमा जिम्मेवार बनाउन प्रशासन लाग्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।


यस अघिका प्रमुख जिल्ला अधिकार राजु प्रसाद पौडेलको गृह मन्त्रालयमा सरुवा भएपछि तनहुँका प्रमुख जिल्ला अधिकारी सम्हालेका थापा रामेछापको प्रमुख जिल्ला अधिकारी भएर आउन ुभएको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...