रामेछापका कांग्रेस नेता घिमिरेको नाम समानुपातीकमा

Written by meropradesh creator

२५ आश्विन २०७९, मंगलवार

रामेछाप । नेपाली कांग्रेसका युवा नेता उज्वलराम घिमिरेको नाम बागमती प्रदेश बाट समानुपातीकमा सिफारीस भएको छ । बिद्यार्थी राजनितिबाट उदाएका नेता घिमिरे बागमती प्रदेशको कार्यसमिती सदस्य समेत हुन् । काठमाण्डौ स्कुल अफ ल को इकाई अध्यक्ष , पुर्वान्चल विश्वविद्यालय समन्वय समितिको अध्यक्ष हुदै नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्य भएका घिमिरे हेटौंडामा सम्पन्न १४ औं महाधिबेसन बाट पार्टीको प्रदेश समिति सदस्यमा निर्वाचित भएर प्रदेश समितिमा बसेर समेत काम गरि सकेका छन् ।

घिमिरेले मेरो प्रदेश डटकम संग कुरा गर्दै भने मलाई पार्टिले समानुपातीक तर्फ उम्मेरदवार बनाएको छ सम्पुर्ण जिल्ला र बागमती प्रदेशका नागरिक संग सहयोगको अपेक्षा गरेको गरेको छु । जति धेरै जिल्ला बाट पार्टिमा भोट खस्छ त्यसको आधारमा पार्टिले छनोट गर्ने भएकोले आफुले रामेछाप नागरिक संग सहयोगको ठुलो अपेक्षा गरेको बताए ।

बिद्यार्थी काल देखी रामेछापको विकास र नागरिकको पक्षमा वकालत गर्दै आएको बताउदै आफु प्रदेश सभा सदस्य भएको अवस्थामा रामेछापको बिकास र समृद्धिको पक्षमा सधै वकालत गर्ने बताएका छन् । रामेछाप पर्यटनको ठुलो सम्भवना भएको जिल्ला भएता पनि कसैको ध्यान नजादा जिल्लामा आएका बिदेशी पर्यटकलाई जिल्लामा एक दिन बिताउन समेत समस्या भएको देख्दा आफुलाई दु:ख लागेको बताए । आफु प्रदेश सभा सदस्य भए लगतै जिल्लालाई पर्यटकिय जिल्ला बनाउन मुख्य भुमिका खेल्नका साथै जडीबुटी संरक्षण र प्रबधनमा लागी पर्ने र जिल्लालाई आर्थिक रुपमा मजवुद बनाउने बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

संविधान संशोधनलाई हल्का रूपमा लिनु देशका लागि घातक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिनु देशका लागि घातक हुन सक्ने बताएका छन्। उनले संविधान संशोधन आवश्यक भए पनि त्यसका संवेदनशील पक्षलाई गम्भीरतापूर्वक बुझेर मात्र अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।...