रामेछापका एकसय २२ जनप्रतिनिधिले निर्वाचन खर्च बुझाएनन्

Written by meropradesh creator

३ पुष २०७७, शुक्रबार

रामेछाप । गएको स्थानिय निर्वाचनमा उम्मेदवारी वनेका निर्वाचित १ सय २२ जना जनप्रतिनिधिहरुले उम्मेदवार समयमा खर्च भएको खर्चको विवरण समेत बुझाएनन् ।
रामेछापमा स्थानिय तहको निर्वाचन भएको तीन वर्ष पुरा भइसक्दा पनि स्थानिय निकायमा उम्मेदवार वनेका निर्वाचीत जनप्रतिनिधिहरुले नै निर्वाचन खर्च बुझाएनन् । निर्वाचन आयोगले उम्मेदवारी वनेका सबै राजनितिक दलका नेताहरुलाई आयोगको समयसिमा भित्र निर्वाचनमा भएको खर्चको विवरण बुझाउन पत्राचार समेत गरेको थियो ।
निर्वाचन खर्च नवुझाउनेहरुमा निर्वाचित वडा अध्यक्ष १९ जना रहेका छन् । त्यसैगरी निर्वाचन खर्च नवुझाउने वडा सदस्यहरुमा १ सय ३ जना रहेका छन् । उनीहरुलाई निर्वाचन कार्यालय रामेछापले पटकपटक खर्च विवरण वुझाउन पत्राचार र टेलिफोन समेत गर्दा समेत निर्वाचित जनप्रतिनिधिहरुले अटेर गरेका हुन् ।
निर्वाचन कार्यालय रामेछापले जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिकाका गरी ८ वटै स्थानिय तहमा उम्मेदवारी वनेका उम्मेदवारहरुलाई निर्वाचन सकिएको तीन महिना भित्र निर्वाचन खर्च बुझाउन पत्राचार गरेको थियो । निर्वाचनको पत्र बुझेका निर्वाचित जनप्रतिनिधिहरुले त्यसको वेवास्ता गरेका हुन् । खर्चको विवरण नवुझाउने जनप्रतिनिधिहरु अर्को निर्वाचनमा उम्मेदवारी दिन पाउने वा नपाउने सो बिषयमा निर्वाचन आयोगले नै निर्णय गर्ने जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...