रामेछाप । रामेछापको दोरम्वा गाउँपालिका वडा नं ५ र ६ मा रहेका दुईवटा स्वास्थ्य संस्थामा कार्यरत वर्ष ३७ र ३९ का दुई पुरुषमा मगंलबार कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापले यही पुष १२ गते दोरम्वा गाउँपालिकाका ३ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि प्रादेशिक जनस्वास्थ्य महाशाखा धुलिखेल पठाएकोमा दुईजनाको रिर्पोट पोजेटिभ आएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ सय ५ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए ।