रामेछापका दश हजार नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने

Written by meropradesh creator

२२ फाल्गुन २०७७, शनिबार

रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले रामेछापका चार गाउँपालिकामा गरि दश हजार नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ ।
कोरोना भाइरस विरुद्धको दोश्रो चरणको खोप कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय रामेछापले जिल्लाको उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, सुनापति गाउँपालिका र दोरम्वा गाउँपालिका गरि चार गाउँपालिकाका ५५ वर्ष उमेर समुह माथीका १० हजार ५ सय ६० जना जेष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.जितेन्द्रकुमार कर्णले जानकारी दिए ।
उनले भने– यसअघि जिल्लाको २ नगरपालिका र ६ वटै गाउँपालिका गरि ८ स्थानिय तहहरुमा गरि २५ हजार ९ सय ४ जना जेष्ठ नागरिकहरुलाई खोप लगाउने तयारी गरेको भएता पनि स्वास्थ्य मन्त्रालयले आवश्यक मात्रामा खोप उपलव्ध गराउन नसकेपछि चरणबद्ध रुपमा खोप अभियान संञ्चालन गर्नु परेको प्रमुख कर्णले बताए । दोश्रो चरणको खोप कार्यक्रम फागुन २३ गतेवाट शुरु भई २० दिनसम्म चल्ने जनाइएको छ । खोप कार्यक्रम अन्तर्गत शुरुको दश दिनसम्म ६५ वर्षभन्दा माथि उमेर समुहका जेष्ठ नागरिकहरुलाई लगाइने छ । त्यस्तै दशदिनको अवधिमा ५५ वर्षदेखी ६५ वर्ष उमेर समुहका जेष्ठ नागरिकहरुलाई खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
चार गाउँपालिकामा शुरु हुन लागेको खोप अभियान कार्यक्रमको लागि खोप सम्वन्धित पालिकाहरुमा पुर्याउने काम भइसकेको छ । चार गाउँपालिकाका सवै वडामा रहेको स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुले खोप कार्यक्रममा सहभागी हुने गरि व्यवस्थापन मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी गराएको छ । कोरोना बिरुद्धको खोप बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनिकाले निमार्ण गरेको कोभिशिल्ड नामक कोरोना विरुद्धको खोप गर्भवती महिला बाहेक दीर्घ रोगीहरुले समेत लगाउन मिल्ने छ । कोरोना विरुद्धको खोप लगाएपछि नागरिकहरुको स्वास्थ्यमा देखिन सक्ने जोखिमलाई ध्यानमा राखेर जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मी सहितको टोली, एम्बुलेन्स र हेलिकोप्टर समेत तयारी अवस्थामा राखेको जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सार्वजनिक सेवा पारदर्शी र प्रभावकारी बनाउने प्रतिवद्धता

सार्वजनिक सेवा पारदर्शी र प्रभावकारी बनाउने प्रतिवद्धता

रामेछाप । लिखुतामाकोशी गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०८१र८२ को वार्षिक समीक्षा तथा चालु आर्थिक वर्ष २०८२र८३ को अर्धवार्षिक अवधिसम्म प्रदान गरिएका सेवा–सुविधाको...

कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थप

कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थप

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन सहमतिभन्दा निर्वाचनतर्फ मोडिएको छ । सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्न अस्वीकार गरेपछि विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचन प्रक्रियामार्फत नै पार्टीको नीति र नेतृत्व टुंग्याइने स्पष्ट पारेका छन् । रातभर विभिन्न चरणमा...

कारागारभित्र के लुकाइँदैछ ? अदालतको निरीक्षण रोकिनु रहस्यमय

कारागारभित्र के लुकाइँदैछ ? अदालतको निरीक्षण रोकिनु रहस्यमय

रामेछाप । कैदीबन्दीबाट पटक–पटक कुटपिट र दुव्र्यवहारको गुनासो आएपछि वस्तुस्थिति बुझ्न जिल्ला कारागार पुगेको अदालतको टोलीलाई प्रवेशमै रोकिएपछि रामेछाप कारागारको आन्तरिक अवस्था थप रहस्यमय बन्दै गएको छ। न्यायाधीशकै नेतृत्वमा पुगेको अनुगमन टोलीलाई प्रशासनिक आदेशको आडमा...