रामेछापका आठ पथप्रदर्शक र उनका सारथी

Written by meropradesh creator

८ जेष्ठ २०७९, आईतवार

रामेछाप । रामेछाप जिल्लामा रहेको दुइ नगरपालिका र ६ वटा गाउँपालिकाले आफ्नो पथप्रदर्शक चयन गरेको छ । साथै जिल्लाको ६४ वटा वडामा उनका सारथी समेत चयन गरी सकेको छ ।

कुनै स्थानिय तहमा पुरानो नेतृत्वलाई नै चयन गरेको छ भने कुनै ठाउमा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लामा रहेको आठ वटा स्थानिय तह मध्य ३ स्थानिय तहमा प्रमुख र ४ स्थानिय तहमा उपप्रमुख पाएको छ । नेकपा एमालेले पनी ३ प्रमुख र ३ उपप्रमुख पाएको छ भने नेकपा माओवादी केन्द्रले २ प्रमुख र एक उपप्रमुख पाएको छ । त्यसै गरी जिल्लमा रहेको ६४ वटा वडा मध्य नेपाली कांग्रेस २४ नेकपा एमालेले २४ वटा वडा हात पारेको छ भने नेकपा माओवादी केन्द्रले १५ र नेकपा एकीकृत समाजवादीले एक वटा वडामा जित हात पारेको छ । यो संगै जिल्लामा सबै भन्दा ठुलो पार्टी नेपाली कांग्रेस बनेको छ भने दास्रो ठुलो दल नेकपा एमाले बनेको छ ।

यस पटक गत निर्वाचनमा निर्वाचित उमाकुण्ड गाउँपालिकाका शेरबहादुर सुनुवार पुनः दोहोरिए । गत स्थानीय तहमा निर्वाचित आठ स्थानीय तहका प्रमुख मध्य दोहोरिने सुनुवार मात्र हुन् । सुनापति गाउँपालिकामा उपाध्यक्ष गीता विष्ट चौलागाई पनि पुनः उपाध्यक्षमै दोहोरिएकी छिन् । बाँकी रहेको १४ जना प्रमुख उपप्रमुखहरु भने सबै नयाँ अनुहार आएका छन् ।

उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका सुनुवार पुनः दोहोरिदा उपाध्यक्षमा भने कांग्रेसकी सावित्री सुनुवार निर्वाचित भएकी छिन् । गत निर्वाचनमा पनि उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष कांग्रेसले जितेको थियो । गोकुलगंगा गाउँपालिकाका कांग्रेसबाट निर्वाचित अध्यक्ष काजीबहादुर खड्का दिनेश र उपाध्यक्षमा निर्वाचित उषा वस्नेत कार्की पनि नयाँ अनुहार हुन् ।

त्यसैगरी लिखुतामाकोसी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा निर्वाचित केशव महत नयाँ अनुहार हुन् । उपाध्यक्षमा निर्वाचित दिपा पाख्रिन भने गत निर्वाचनमा जिल्ला समन्वय समितिका उपप्रमुख भएकी थिइन । रामेछाप नगरपालिकामा कांग्रेसबाट निर्वाचित नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपाने र कांग्रेसबाटै निर्वाचित बाला कुमारी कार्की पनि नयाँ अनुहार हुन् । लवश्री न्यौपाने कांग्रेस रामेछापका पूर्व सभापति समेत हुन् । त्यसैगरी मन्थली नगरपालिकामा एमालेबाट निर्वाचित नगरप्रमुख लव श्रेष्ठ र एमालेबाटै उपप्रमुखमा निर्वाचित ईश्वरी वस्नेत पनि नयाँ अनुहार नै हुन् ।

खाँडादेवी गाउँपालिकामा एमालेबाट निर्वाचित पालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ र उपाध्यक्ष रमा घिसिङ पनि नयाँ अनुहार हुन भने दोरम्बा शैलुङ गाउँपालिमा माओवादीबाट अध्यक्षमा निर्वाचित मैन कुमार मोक्तान र कांग्रेसबाट निर्वाचित उपाध्यक्ष खमला थापामगर पनि नयाँ अनुहार हुन् । सुनापति गाउँपालिकामा माओवादीबाट अध्यक्षमा निर्वाचित ठूलोकान्छा तामाङ पनि नयाँ अनुहार हुन् । उपाध्यक्षमा निर्वाचित गिता विष्ट चौलागाई भने पुनः दोहोरिएकी छिन् । रामेछापका यस पटक १४ जना प्रमुख उपप्रमुख नयाँ अनुहार आएका छन् ।

उमाकुण्ड गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा जित हासिल गरेको छ भने उपाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा पनी नेकपा एमालेले अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्ष पाएको थियो भने यस पटक पनि नेकपा एमालेलेअध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्ष पाएको छ ।

नवनिर्वाचित जनप्रतिनिधिहरू ः

शेरबहादुर सुनुवार, अध्यक्ष (एमाले)
सावित्री सुनुवार, उपाध्यक्ष (कांग्रेस)

१. ङावातिन्डु शेपा, वडा अध्यक्ष, १ (एमाले)
२. खम्बाध्वज वस्नेत, वडा अध्यक्ष, २ (माओवादी)
३. गुण कुमार थापा (नविन),३ (एमाले)
४. मानबहादुर सुनुवार, –४ (माओवादी)
५. कुलबहादुर बस्नेत, वडाअध्यक्ष,५ (एमाले)
६. भरतराज खड्का, वडाअध्यक्ष,६ (कांग्रेस)
७.रुद्रमणि नेवार, वडाअध्यक्ष, ७ (एमाले)

जिल्लाको गोकुलगंगा गाउँपालिकामा भने २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले अध्यक्ष उपाध्यक्ष दुबै पद लिएको थियो भने यस पटक नेपाली कांग्रेसले दुबै पदमा जित हात पारेको छ ।

काजीबहादुर खड्का दिनेश, अध्यक्ष (नेपाली कांग्रेस)
उषा वस्नेत कार्की, उपाध्यक्ष (नेपाली कांग्रेस)

१. छत्र बहादुर बस्नेत, वडाअध्यक्ष,१ (नेपाली कांग्रेस)
२. सुरेन्द्र कार्की वडा अध्यक्ष, २ (नेपाली कांग्रेस)
३. नरविक्रम कार्की, वडाअध्यक्ष,३ (एमाले)
४.रामचन्द्र वस्नेत, वडाअध्यक्ष,४ बेताली (नेपाली कांग्रेस)
५.दीपक कार्की, वडाअध्यक्ष, ५ नामाडी (एमाले)
६. चन्द्र बहादुर सुनुवार, वडाअध्यक्ष,६ फर्पु (नेपाली कांग्रेस)

लिखुतामाकोशी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र नेकपा एमालेले उपाध्यक्षमा जित हात पारेको छ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पाएको थियो । आन्तरिक पार्टि भित्रको बिबादको कारण गाउँपालिकामा ५ बर्ष कुनै पनी काम भएको थिएन ।
लिखु तामाकोसी गाउँपालिकामा

केशव महत, अध्यक्ष (नेपाली कांग्रेस)
दिपा पाख्रिन, उपाध्यक्ष (नेकपा एमाले)

१. प्रदिप तामाङ, वडाअध्यक्ष, १ दुरागाउँ (नेकपा एमाले)
२. सन्तोष पौडेल, वडाअध्यक्ष, २ सैपु (नेकपा एमाले)
३. गोपालराज तामाङ, वडाअध्यक्ष, ३ (माओवादी)
४.दिपक कुमार मगर, वडाअध्यक्ष, ४ (नेपाली कांग्रेस)
५.रोम बहादुर तामाङ, वडाअध्यक्ष, ५ (नेपाली कांग्रेस)
६. शिव प्रसाद न्यौपाने, वडाअध्यक्ष, ६ खिम्ती (नेकपा एमाले)
७. कैलाश कुमार दर्लामी,वडाअध्यक्ष,७ तिल्पुङ (माओवादी)

दोरम्बा शैलुङ गाउँपालिका २०७४ सालको स्थानिय तहमा प्रमुख उपप्रमुख दुबै नेकपा माओवादी केन्द्रले पाएको थियो । यस पटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन भएको थियो । गठबन्धनमा नेकपा माओवादी केन्द्रले अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्ष पद लिएको थियो ।

दोरम्बा शैलुङ गाउँपालिका

मैनकुमार मोक्तान, अध्यक्ष (माओवादी)
खमला थापामगर, उपाध्यक्ष (नेपाली कांग्रेस)

१. प्रेम लामा, वडाअध्यक्ष,दोरम्बा १ डडुवा (नेकपा एमाले)
२. मेचमान योञ्जन, वडाअध्यक्ष,२ दोरम्बा (माओवादी)
३. सन्तलाल थापामगर, वडाअध्यक्ष, ३ टोकपुर (नेपाली कांग्रेस)
४. श्यामलाल घिसिङ, वडाअध्यक्ष, ४ गौश्वरा (नेपाली कांग्रेस)
५. गंगालाल तामाङ (कमान) वडाअध्यक्ष,५ गुन्साल (माओवादी)
६. टिका प्रसाद गौतम, वडाअध्यक्ष, ६ (नेकपा एमाले)
७. प्रविण मोक्तान, वडाअध्यक्ष, ७ (माओवादी)

सुनापति गाउँपालिकामा २०७४ सालको निर्वाचनमा पनी नेकपा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष दुबै पाएको थियो भने यस बर्ष पनी अध्यक्ष र उपाध्यक्ष दुबै पदमा माओवादी केन्द्रले नै जित हात पारेको छ ।

ठूलोकान्छा तामाङ, अध्यक्ष (माओवादी)

गिता विष्ट, उपाध्यक्ष (माओवादी)

१. धु्रव चौलागाई, वडा अध्यक्ष, १ ( नोपली कांग्रेस)
२.पदम थापामगर, वडाध्यक्ष, २ (माओवादी)
३. कुलबहादुर थिङ, सुनापति ३ (माओवादी)
४. दण्डुप लामा, वडाअध्यक्ष,४ (माओवादी)
५. चित्रबहादुर मानन्धर, वडाअध्यक्ष, ५ (माओवादी)

खाँडादेवी गाउँपालिकामा पनी नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जित हात पारेको छ । २०७४ सालको निर्वाचनमा पनी नेकपा एमालेले दुबै पदमा बिजय हासिल गरेको थियो ।

ज्ञानकुमार श्रेष्ठ, अध्यक्ष (नेकपा एमाले)
रमा घिसिङ (नेकपा एमाले)

१. रामकुमार श्रेष्ठ, वडाअध्यक्ष,–१ राकाथुम (माओवादी)
२.केशव कुमार प्रधान,वडाअध्यक्ष,२ मझुवा (नेकपा एमाले)
३. पुष्करकुमार कार्की , वडाअध्यक्ष,–३ भिरपानी (नेकपा एमाले)
४. कृष्णप्रसाद पौडेल, वडा अध्यक्ष, वडा नं–४ (नेकपा एमाले)
५. मनोज पौडेल, वडा अध्यक्ष, वडा नं–५ (नेकपा एमाले)
६. नारायण कार्की, वडा अध्यक्ष, वडा नं–६, (नेपाली कांग्रेस)
७. सिरे तामाङ, खाँडादेवी –७ (नेकपा एमाले)
८. जंगलाल तामाङ, वडअध्यक्ष,–८ (नेकपा एमाले)
९. अकलबहादुर भण्डारी, –९ (नेकपा एमाले)

रामेछाप नगरपालिकामा प्रमुख उपप्रमुख दुबै पदमा नेपाली कांग्रेसले जित हात पारेको छ । २०७४ सालको निर्वाचनमा पनी नेपाली कांग्रेसले दुबै पदमा जित हात पारेको थियो ।

लवश्री न्यौपाने, नगरप्रमुख (नेपाली कांग्रेस)
बाला कुमारी कार्की, नगरउपप्रमुख (नेपाली कांग्रेस)

१.रेखबहादुर कार्की, वडा अध्यक्ष, १ (नेपाली कांग्रेस)
२. निर कुमार श्रेष्ठ, वडाअध्यक्ष, २ (माओवादीे)
३. दलबहादुर प्रधान, वडाअध्यक्ष,३ (नेपाली कांग्रेस)
४. कृपा थापामगर, वडाअध्यक्ष, ४ (नेपाली कांग्रेस)
५. हरिशचन्द्र श्रेष्ठ, वडाअध्यक्ष, ५ (नेपाली कांग्रेस)
६. राजेश तामाङ, वडाअध्यक्ष, ६ (नेपाली कांग्रेस)
७.समिर कार्की, वडाअध्यक्ष, ७ (नेपाली कांग्रेस)
८.सन्तोष तामाङ, वडाअध्यक्ष,८ (नेपाली कांग्रेस)
९.चन्द्र बहाादुर श्रेष्ठ, वडाअध्यक्ष,९ (माओवादी)

मन्थली नगरपालिकामा प्रमुख उपप्रमुख दुबै पदमा नेकपा एमालेले जित हात पारेको छ । २०७४ सालको स्थानिय तहको निर्वातनमा पनी नेकपा एमालेले नै जित हात पारेको थियो ।

लव श्रेष्ठ, नगरप्रमुख (नेकपा एमाले)
ईश्वरी वस्नेत, नगरउपप्रमुख (नेकपा एमाले)

१. रामहरि पौडेल, वडाअध्यक्ष,–१ (नेपाली कांग्रेस)
२.सुरेन्द्र कार्की, वडाअध्यक्ष, २ ( नेकपा एमाले)
३. कृष्ण गोपाल थापा, वडाअध्यक्ष,–३ ( नेकपा एमाले)
४. राजन घिमिरे, वडाअध्यक्ष, –४ (नेपाली कांग्रेस)
५. रविन कार्की (नविन),५ (नेकपा एकीकृत समाजवादी)
६.अशोक कुमार तामाङ ६ (नेपाली कांग्रेस)
७.भुवनहरि प्रसाई ७ (नेपाली कांग्रेस)
८.गोपाल श्रेष्ठ ८ ( नेकपा एमाले)
९. गोकर्णराज आराण ९ ( नेकपा एमाले)
१०. गोपिलाल तामाङ १० (नेपाली कांग्रेस)
११.भिमबहादुर थापामगर, वडाअध्यक्ष,११ (माओवादी)
१२. खिलेन्द्र खत्री, वडाध्यक्ष, १२ गेलु (नेपाली कांग्रेस)
१३. नवराज थापामगर, वडाअध्यक्ष,१३ ( नेकपा एमाले)
१४. मोतीलाल तामाङ, वडाअध्यक्ष, १४ फुलासी ( नेकपा एमाले)

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत (खड्का) सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेकी छिन् । चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महतको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।  शनिवार मन्थलीमा भएको...

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले...

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

रामेछाप । रामेछाप जिल्लामा रहेका सरकारी कार्यालयहरूको वित्तीय प्रगति अत्यन्तै कमजोर रहेको छ । आर्थिक वर्ष सुरु भएको आठ महिना बितिसक्दा सम्म रामेछापको विकासे कार्यालयको वित्तीय प्रगति ५ प्रतिशत भन्दा बढी हुन सकेको देखीदैन् । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रवार...