रामेछापका २८ वटा पसल तथा स्टोर्सहरुको अनुगमन

Written by meropradesh creator

२८ चैत्र २०७७, शनिबार

कैलाश खत्री
रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेका बजारहरुको शुक्रबार अनुगमन गरिएको छ । रामेछाप डाँडामा रहेका किराना, खाद्यान्न, कपडा, कस्मेटिक पसल र हार्डवयर स्टोर्स गरी जम्मा २८ वटा पसल तथा स्टोर्सहरुको अनुगमन गरिएको जल्ला घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रमुख मेघनाथ गौतमले जानकारी दिए । बजार अनुगमनका क्रममा कानूनी प्रक्रिया पुरा नगरी विक्री गर्न राखिएका र म्याद गुज्रिएका केही खाद्यान्न र कस्मेटिक सामानहरु बरामद गरी नष्ट गर्नका लागि मन्थली ल्याइएको उनले जानकारी दिए । व्यवसायीहरुले उपभोक्ताको बीचमा लैजाने वस्तु तथा सामाग्रीहरुको गुणस्तरीयता कायम गराउने उद्देश्यले बजार अनुगमन गरिएको प्रमुख गौतमले बताए । आगामी दिनमा रामेछापका अन्य बजारमा समेत अनुगमन गरिने उनले जानकारी दिएको छ । विशेष चाड पर्वलाई लक्षित गरी विभिन्न समयमा बजार अनुगमन गर्दै आएको कार्यालयले छड्के अनुगमन समेत गर्दै आएको उनको भनाई छ । जिल्ला घरेलु तथा साना उद्योग कार्यालय रामेछापका प्रमुख मेघनाथ गौतमको संयोजकत्वमा भएको बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय रामेछापका प्रतिनिधि, रामेछाप नगरपापालिकाका प्रतिनिधि, रामेछाप नगर उद्योग वाणिज्य संघका अध्यक्ष शम्भु कुमार श्रेष्ठ, उद्योग वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडका प्रतिनिधि रामप्रसाद कुश्मा, नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री लगायतको सहभागिता रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

बाढीको पीडामा जनतासँगै बागमती कांग्रेस, उद्धार–पुनर्स्थापनाका लागि विशेष समिति गठन

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले विशेष समन्वय समिति गठन गरेको छ । रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित जिल्लामा आवश्यक समन्वय, व्यवस्थापन तथा...

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

मन्थली माध्यमिक विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन

नेपाली सेनासँग Empanelled सम्झौता गरिएको तामाकोशी इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा मन्थली माध्यमिक विद्यालयमा एक दिवसीय उत्प्रेरणामूलक कक्षा सम्पन्न भएको छ। श्री खड्गदल गण, रामेछापको संयोजनमा कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा श्री नं. ९ वाहिनी अड्डाका वाहिनीपति...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...