रामेछापका २८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

Written by meropradesh creator

१० माघ २०७८, सोमबार

रामेछाप । कोरोनाको तेस्रो लहर शुरुभए यता रामेछाप जिल्ला अस्पताल लगाएत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २८ जना स्वास्थ्य कर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीमा जिल्ला अस्पताल रामेछापमा ७ जना, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ६ जना, गोकुलगंगा अस्पतालमा १ जना र दोरम्वा अस्पतालमा १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी खाँडादेवी स्वास्थ्य केन्द्रमा ८ जना, सुनापति स्वास्थ्य केन्दमा १ जना र उमाकुण्ड स्वास्थ्य केन्द्रमा ४ जना गरि २८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र शाहले जानकारी दिए ।

स्वास्थ्यकर्मी कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेसँगै स्वास्थ्य संस्थामा उपचार सेवा प्रभावित भएको छ । विरामी भएर उपचार लिन स्वास्थ्य संस्थामा गएका नागरिकहरुले समयमा उपचार सेवा पाउन नसकेकोे उमाकुण्ड गाउँपालिका–१ वाम्तीका लक्ष्मी तामाङले जानकारी दिइन ।

उनले भनिन्– स्वास्थ्य संस्थामा उपचार लिन जाँदा स्वास्थ्य संस्थाका सबै कर्मचारीलाई कोरोना पुष्टि भएर आइसोलेसनमा बसेसँगै आफुहरुले स्वास्थ्य सेवा लिन वञ्चित हुनु परेको हो । वाम्तीमा अहिले धेरै नागरिकहरु चिसोका कारण विरामी भएका छन् । सवैले स्वास्थ्य संस्थावाट सेवा पाउन सकेका छैनन् तामाङले बताइन ।

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि जिल्ला अस्पताल लगाएतका स्वास्थ्य संस्थावाट प्रदान गरिने सेवालाई निरन्तरता दिन संक्रमण नभएका स्वास्थ्यकर्मीले दिदै आएको ८ घण्टाको समयसिमा बढाएर दैनिक १२ देखी १६ घण्टासम्म काम गर्ने गरि व्यवस्थापन मिलाएको जिल्ला अस्पताल रामेछापका डा.पबन शाक्यले जानकारी दिए ।

उनले भने– धेरै स्वास्थ्यकर्मीहरु संक्रमित हुनुहुन्छ । संक्रमित भएका स्वास्थ्यकर्मीको पुनः भोली पिसिआर गर्ने गरि व्यवस्थापन मिलाएका छौं । पिसिआर गर्दा संक्रमण नदेखिएका स्वास्थ्यकर्मीलाई काममा फर्काउने र पुनः संक्रमण देखिएका स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राख्ने छौं । अवरुद्ध स्वास्थ्य सेवालाई निरन्तरता दिने तयारीमा आफुहरु लागि परेको पनि डा.शाक्यले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...