रामेछापका २० हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदै

Written by meropradesh creator

७ कार्तिक २०७८, आईतवार

रामेछाप । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले ६ महिना देखी ५ वर्ष भित्रका रामेछापका २० हजार ९८ जना बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यको शुरुवात गरेको छ ।

कार्तिक ७ र ८ गते (आज र भोली) दुई दिनमा जिल्लाभरका ६ महिना देखी ५ वर्ष भित्रका २० हजार ९८ जना बालबालिकालाई भिटामिन ‘ए’ र करिव १६ हजार बालबालिकाहरुलाई जुकाको औषधी खुवाइने खुवाउने कार्य भइरहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका सूचना अधिकारी राजेश प्रसाद पालले जानकारी दिए । उनले भने– जिल्लाको ८ वटा स्थानिय तहका ६४ वटै वडामा रहेका खोप केन्द्र र गाउँघर क्लिनिकवाट सेवा उपलव्ध गराउने गरि आवश्यक खोप र भिटामिन सहित स्वास्थ्यकर्मी खटिसकेको बताए ।


सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्युनीकरण गर्नका लागि २०५० सालवाट भिटामिन ‘ए’ कार्यक्रम संञ्चालन गर्दै आएको छ । त्यसैगरी बालबालिकाहरुलाई जुकाको औषधी २०५६ सालवाट मात्रै दिइन शुरु गरिएको हो ।

प्रत्येक वर्ष कार्तिक ३ र ४ गते बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यक्रम संञ्चालन गर्दै आएको थियो । तर यो वर्ष कार्तिकको पहिलो हप्तामा नेपालीहरुको महान चाड दशैंको बिदा परेको कारण चार दिन ढिला गरि यो कार्यक्रम संञ्चालन गरेको हो ।

अहिले पनि देशभर कोरोना संक्रमणको जोखिम कायमै रहेकाले खोप केन्द्रहरुमा जनस्वास्थ्यको मापदण्ड अनिर्वाय रुपमा पालना गरेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन स्वास्थ्य मन्त्रालयले देशभरका स्वास्थ्य कार्यालयमा परिपत्र गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...