रामेछापका १३ कैदीबन्दी छुटे

Written by meropradesh creator

७ फाल्गुन २०७७, शुक्रबार

रामेछाप । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर दिएको कैदीबन्दीको कैद सजाय माफीमा परेर रामेछापका १३ कैदीबन्दी जेलमुक्त भएका छन् ।
रामेछाप कारागारमा रही कम्तीमा ५० प्रतिशत कैद भुक्तान गरेका र असल चालचलन भएका १३ जना कैदी बन्दीहरुको बाँकी कैद अवधि मिनाहा दिन कारागार कार्यालय रामेछापले गरेको सिफारिसको आधारमा कैदीबन्दीहरुले मिनाहा पाएका र उनीहरु कैद मुक्त भएका कारागार कार्यालय रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिए ।
उनका अनुसार– कारागारबाट कैद मुक्त हुनेहरुमा कर्तव्य ज्यान मुद्धा, सवारी ज्यान मुद्धा, लागु औषध मुद्धामा परेका र एक जना ६६ वर्षिय जेष्ठ नागरिक गरि १३ जनाले माफी मिनाहा पाएका हुन् । उनीहरु सबैजना जेलमुक्त भएका छन् ।
सर्वोच्च अदालतको गत साउन २९ गतेको परमादेश समेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकाहरुलाई कैद छुट दिएको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापमा निर्वाचनको सम्पूर्ण तयारी पूरा: भोलि मतदान हुँदै

रामेछापमा निर्वाचनको सम्पूर्ण तयारी पूरा: भोलि मतदान हुँदै

रामेछापमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वतयारीहरू सम्पन्न भएका छन्। मुख्य निर्वाचन अधिकारी नारायण लामीछानेका अनुसार मतदान केन्द्रहरूमा आवश्यक सामग्रीको व्यवस्थापन, कर्मचारी तथा सुरक्षाकर्मीहरूको परिचालन, बुथ निर्माण र सर्वदलीय समन्वय...

निर्वाचनका दिन वर्षा नहुने

निर्वाचनका दिन वर्षा नहुने

काठमाडौँ, मंसिर १५ गते ।प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन देशभर वर्षा नहुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पानी पार्ने प्रणाली सक्रिय नभएकाले भोलि (बिहीबार) कतै पनि वर्षा हुने सम्भावना छैन। विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली...

रामेछापमा कांग्रेस उम्मेदवार खड्कालाई प्रलोपाले सहयोग गर्ने सहमति

रामेछापमा कांग्रेस उम्मेदवार खड्कालाई प्रलोपाले सहयोग गर्ने सहमति

रामेछाप । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछापमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्का लाई प्रगतिशील लोकतान्त्रिक पार्टीले सहयोग गर्ने औपचारिक सहमति भएको छ । लोकतान्त्रिक शक्तिहरूबीच भएको समझदारी अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीले रामेछापमा...