काठमाडौँ, मंसिर १५ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन देशभर वर्षा नहुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पानी पार्ने प्रणाली सक्रिय नभएकाले भोलि (बिहीबार) कतै पनि वर्षा हुने सम्भावना छैन।
विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भेगमा आंशिक बदली रही घाम लाग्ने जनाएको छ। अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।
आज (बुधबार) र पर्सि (शुक्रबार) भने देशका एक–दुई स्थानमा फाट्टफुट्ट वर्षा हुन सक्ने मौसमविद् सन्जिव अधिकारीले जानकारी दिनुभयो।









