रामेछापका १ सय १५ द्वन्द्व पीडितले अझै पाएनन् राहत

Written by meropradesh creator

७ मंसिर २०७८, मंगलवार

रामेछाप । रामेछापका १ सय १५ जना द्वन्द्व पीडितले अझै राहत पाउन सकेको छैन् । जिल्लाका १ हजार १ सय २७ व्यक्तिलाई सरकारले द्वन्द्व पीडितमा सूचीकृत गरेको थियो । सूचीकृत गरेको १५ वर्ष पूरा भएको छ । तर अझै राहत भने उाउन सकेको छैन् । विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष वितिसक्दा समेत १ सय १५ जना द्वन्द्व पीडितले राहत पाउन नसकेका हुन् ।
१० वर्षे सशस्त्र संघर्षका क्रममा ज्यान गुमाएका, बेपत्ता पारिएका तथा अङ्गभङ्ग भएका, विस्थापित परिवार, अभिवावक गुमाएका बालबालिका र सम्पत्ति गुमाएका लगायत जिल्लाका १ हजार १ सय २७ व्यक्तिलाई सरकारले द्वन्द्व पीडितमा सूचीकृत गरेको थियो ।
सूचीकृत गरेका मध्ये १ सय १५ जना द्वन्द्व पीडितले अझैँ राहत पाउन सकेका छैनन् । जबरजस्त कैद हिरासतमा रहेका ३७ जना र अङ्गभङ्ग भएका ७८ जनाले अझैँ राहत नपाएको जिल्ला प्रशासन कार्यालय रामेछापको तथ्याङ्कमा उल्लेख छ ।
अङ्गभङ्ग भएकाहरुको अपाङ्गता प्रतिशत पुनरावलोकनको काम भइरहेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । सशस्त्र संघर्षबाट प्राताडित द्वन्द्वपीडितहरु मध्ये १ हजार ९० जनाले भने राहत प्राप्त गरेका छन् । द्वन्द्वको समयमा ज्यान गुमाएका जिल्लाका १ सय ५७ जना सर्वसाधारण र ५३ जना सेना, प्रहरी गरी जम्मा २ सय १० जनाका हकदारले प्रतिव्यक्ति दश लाख रुपैयाँ प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय रामेछापको सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी गिता गुरुङले जानकारी दिइन ।
यस्तै, १९ जना बेपत्ता व्यक्तिका हकदारले प्रति परिवार दश लाख रुपैयाँ प्राप्त गरेको सूचना अधिकारी गुरुङले बताइन । द्वन्द्वको समयमा ८९ जना अङ्गभङ्ग भएका थिए । त्यसमध्ये ५० प्रतिशतदेखि ७४ प्रतिशतसम्म अङ्गभङ्ग भएका ६ जनाले मासिक रुपमा जीवन निर्वाह भत्ताबापत ६ हजार दुई सय रुपैयाँ र ७५ प्रतिशतभन्दा माथि अङ्गभङ्ग भएका पाँच जनाले मासिक जीवन निर्वाह भत्ता बापत १२ हजार चार सय रुपैयाँ लिइदै आएका सहायक प्रजिअ गुरुङले बताइन ।
सूचना अधिकारी गुरुङका अनुसार विस्थापित ४ सय १ घरपरिवारले परिवार संख्याका आधारमा प्रति सदस्य २५ हजार रुपैयाँका दरले राहत लिइँदै आएका छन् । यसैगरी, द्वन्द्वको समयमा अभिभावक गुमाएका १८ वर्षमुनिका ९ जना टुहुरा बालबालिकाले मासिक पाँच हजार रुपैयाँ लिइँदै आएका थिए । तर, उनीहरु मध्ये आठ जनाको उमेर १८ वर्ष नाघिसकेकाले अहिले एक जनाले मात्र राहत लिइदै आएको प्रशासनले जनाएको छ । यस्तै, द्वन्द्वको समयमा द्वन्द्वका कारण सम्पत्ति गुमाउन बाध्य भएका ६३ जनाले पनि सरकारले तोके बमाजिमको राहत रकम प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...