रामेछापबाट एमालेको केन्द्रीय सदस्यमा ७ जनाले उमेद्वारी दिने

Written by meropradesh creator

११ मंसिर २०७८, शनिबार

रामेछाप । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिबेशनमा रामेछापबाट ७ जना केन्द्रिय सदस्यमा उमेरद्धारी दिने भएको छ । मंसिर १० देखि १२ गते सम्म चितवनमा हुन लागेको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिबेशनमा रामेछापबाट केन्द्रीय सदस्यमा उमेरद्वारी दिनलागेको हो । प्रत्यासी सबैले आ–आफ्नो जित सुनिस्चित भएको बताएका छन् ।
केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्नेहरुमा वर्तमान केन्द्रय सदस्य समेत रहेका क्रमशः कैलाश ढुंगेल,कमल चौलागाई र माधब ढुंगेल रहेका छन् । त्यसैगरी नेकपा एमालेका जिल्ला उपाध्यक्ष एबं खाँडादेवी गाउँ पालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ,युवा नेता रत्न गौतम ,मन्थली नगरपालिकाकी उप– प्रमुख मायाँ कार्की,र महिला नेतृ गिता कार्की रहेकी छन् । उनीहरु मध्ये कैलाश ढुंगेल र रत्न गौतम बागमती प्रदेशको भुगोलबाट खुल्ला तर्फ, कमल चौलागाई र माधब ढुंगेलले (देशभर) खुल्ला बाट केन्द्रीय सदस्यमा उमेद्वारी दिने बताईएको छ । दुई जना महिला नेतृले भने महिलाको आरक्षण कोटाबाट उमेद्वारी दिने भएका छन् ।
केन्द्रीय सदस्यका प्रत्यासी कैलास ढुंगेलले नेकपा एमाले रामेछापमा रहेर विभिन्न तहको जिम्मेवारी पुरा गरी पटक–पटक जिल्लाको नेतृत्वमा रहेर आफुलाई अब्बल सावित गराई सकेका छन् । २०४६ सालको परिवर्तन पछि साविक पकरवास गाविसको अध्यक्ष, जिविस रामेछापको सभापति भएर काम गरेको अनुभव पनि उनीसंग छ । हाल नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेक ढुंगेल बागमती प्रदेशको पहिलो अर्थ मन्त्रीको रुपमा रहेर पनि काम गरिसकेका छन् ।
त्यसैगरी केन्द्रीय सदस्यका अर्का प्रत्यासी कमल चौलागाई पनि वर्तमान केन्द्रीय सदस्य हुन् । कम्युनिष्ट पार्टिका पुराना र क्रान्तिकारी छविका रुपमा जिल्लामा आफनो छवि बनाएका चौलागाई जनमोर्चा,चौथो महाधिबेसन् पछि नेकपा माले त्यसपछि नेकपा एमाओवादि हुँदै हाल नेकपा एमालेको केन्द्रीय सदस्यको रुपमा कृयाशिल छन् । उनी जिल्लामा बैचारीक र बौद्धिक नेताको रुपमा पनि परिचित छन् ।
अर्का प्रत्यासि माधब ढुंगेल अनेरास्ववियु रामेछापको विभिन्न जिम्मेवारी सम्हाल्दै संगठनको केन्द्रीय अध्यक्ष समेत भई सकेका ब्यक्ति हुन । उनले केपी ओली प्रधानमन्त्री हुँदा २ कार्यकाल राष्ट्रिय युवा परिषदको अध्यक्ष रहेर काम गरी सकेकोले आफ्ना मुलकभर राम्रो साँगठनिक संजाल रहेको बताएका छन् ।
हाल रामेछाप एमालेका उपाध्यक्ष र खाँडादेवी गाउँपालिकाका अध्यक्ष समेत रहेका नेता प्रेम तामाङ्ग पनि लामो समय देखि कम्युनिष्ट पार्टि र नेकपा एमाले जिल्लाको विभिन्न तहमा रहेर काम गरि सकेका ब्यक्ति हुन् । यस अघि खाँडादेवी गाविसको अध्यक्षको अनुभव समेत सम्मालेका उनीले हाल खाँडादेवी गाउँ पालिकाको अध्यक्षको रुपमा रहदा अब्वल काम गर्ने अध्यक्षका रुपमा आफुलाइ स्थापीत गराई सकेका छन् । आफुले जनजाति कोटाबाट उमेद्वारी दिन लागेको पनि नेता तामाङले प्रष्टयाएका छन् ।
त्यसैगरी नेकपा एमाले रामेछाप जिल्लाको विभिन्न तहमा रहेर काम गरिसकेका युवा नेता रत्न गौतमले पनि केन्द्रीय सदस्यमा उमेद्वारी दिन लगेका हुन् । देशभर आफ्नो नेटवर्क भएको हुँदा आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन् ।
महिला कोटाबाट केन्द्रिय सदस्यको उमेद्धवारी दिन लागेकी गिता कार्कि र मायाँ कार्कि पनि पार्टि पंक्तिमा सुपरिचित नाम हो । उनीहरु मध्ये मायाँ कार्की हाल मन्थली नगरपालिकाकी उप प्रमुख हुन् । उनी लामो समय देखि एमालेको राजनितिबाटै आप्mनो राजनितिक पहिचान बनाएर पार्टिको विभिन्न मोर्चामा रहेर काम गर्दे आएकि छिन् ।
केन्द्रिय सदस्यमा आफनो उमेद्वारी घोषणा गरेकी अर्की प्रत्यासि गीता कार्की पनि एमाले भित्र परिचित नाम हो । अनेरास्ववियु बाट आफ्नो राजनितिक यात्रा सुरु गरेकी कार्कीले महिला संगठन हुँदै पार्टिको विभिन्न तहमा बसेर काम गरी सकेकी छिन् । नेकपा विभाजन हँुदा उनीले नेकपा एमालेकी केन्द्रिय सदस्य हुने मौका पनि पाएकी थिईन् । उनले जिल्ला संगै पार्टिको वाहिरी संजालमा पनि आफनो छुट्टै पहिचान बनाएकोले आफुलाई निर्वाचनमा जान सहज हुने बताएकी छिन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

खोज अनुसन्धानमुलक समाचारलाई प्राथमिकता दिनुपर्छः मुख्यमन्त्री लामा

खोज अनुसन्धानमुलक समाचारलाई प्राथमिकता दिनुपर्छः मुख्यमन्त्री लामा

हेटौँडा । पत्रकाहरुले खोज अनुसन्धानमुलक समाचारलाई प्राथमिकता दिनुपर्ने बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बताउनुभएको छ ।नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा मंगलबार हेटौंडामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले सत्यतथ्य...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...