रामेछाप उद्योग वाणिज्य सङ्घ द्वारा सदस्यहरूलाई अस्पतालमा विशेष छुटको व्यवस्था 

Written by meropradesh creator

१९ असार २०८०, मंगलवार

 रामेछाप । रामेछाप उद्योग वाणिज्य सङ्घले जिल्लामा रहेका तामाकोसी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा विशेष छुटको व्यवस्था मिलाएको छ । सङ्घले आफ्ना सदस्यलाई जिल्ला सदरमुकाम मन्थलीका रहेका निजी अस्पतालबाट उपचार गर्दा विशेष छट्को व्यवस्था गरेको हो । त्यसको लागि सङ्घले अस्पतालहरूसँग लिखित सम्झौता गरेको छ ।
गत आइतबार सङ्घको सचिवालयमा सङ्घको तर्फबाट अध्यक्ष नवीन थापा मगर र तामाकोसी अस्पतालका अध्यक्ष गोविन्द घिमिरे र रामेछाप सामुदायिक अस्पताल मन्थलीका सञ्चालक केशव सिंह धामीले सहमति पत्रमा हस्ताक्षर गरेको छ ।
उक्त कार्यक्रममा सङ्घका महासचिव कुमार श्रेष्ठ, सचिव यज्ञ सुवेदी, उद्योग उपाध्यक्ष आकाश रिजाल, सदस्य झनक बुढाथोकी (उत्तम), कार्यकारी अधिकृत नवीन केसी लगायत सहभागिता भएका थिए । सम्झौता आउँदो चैत्र मसान्तसम्म कायम रहने महासचिव कुमार श्रेष्ठले जानकारी दिए ।
निजी क्षेत्रका व्यापार व्यवसायीहरू आबद्ध उद्योग वाणिज्य सङ्घमा जिल्लामा १ हजार ४ सय २५ जना सदस्य छन् । भने, सङ्घले पालिका स्तरमा पनि आफ्नो क्षेत्र विस्तार गर्दै छ ।  सदस्यता परिचयपत्रको प्रतिलिपिको आधारमा तामाकोसी अस्पताल मन्थलीबाट सबै खाले औषधि खरिदमा ५ प्रतिशत, सम्पूर्ण स्वास्थ्य उपचार सेवामा २० प्रतिशत छुट पाउने छन् । यसरी तामाकोसी अस्पतालमा सङ्घका सदस्यले कूल ४० प्रतिशत सम्म छुट पाउने छन्  ।
त्यस्तै देवकोटा चोक स्थित रामेछाप सामुदायिक अस्पताल मन्थलीबाट औषधि खरिदमा ५ देखि १० प्रतिशत, ल्याबमा २० प्रतिशत, सर्किजल (अप्रेसन) मा १० देखि १५ प्रतिशत र अस्पताल बेड भर्ना ५० प्रतिशत छुट पाउने महासचिव श्रेष्ठले जानकारी दिए ।
 सङ्घमा आबद्ध सदस्यहरूले सम्झौता भएका अस्पतालबाट सेवा पाउनको लागि यही असार मसान्त भित्र सङ्घको सचिवालयमा उपस्थित भई सदस्यता नवीकरण गर्नु पर्ने समय तोकिएको छ । त्यस्तै आउँदो साउनदेखि लागू हुने गरी सङ्घका सदस्यहरूको दुर्घटना बिमा समेत गरिने महासचिव श्रेष्ठले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...