रामेछाप उद्योग वाणिज्य संघमा निजि लगानीको चर्चा

Written by meropradesh creator

३ पुष २०७८, शनिबार

रामेछाप । नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न सके मात्र सम्बृद्धि सम्भब हुने बताएका छन् । उनले त्यसका लागि आफु आबश्यक बाताबरण बनाउन् तयार रहेको बताएका छन् । उनले रामेछापको ठोसेमा रहेको पुरानो फलामखानीको उत्खन्न र व्यवस्थापनको वारेमा विभिन्न क्षेत्रवाट कुरा आइरहेको प्रसङ्ग कोट्याउँदै ढकालले त्यसको प्रर्बद्धन र विकासका लागि पनि निजी क्षेत्रको लगानी जुटाउन आफु लागी पर्ने पनि बताए । त्यस्तै जिल्लामा जुनार व्यवसायका कारण किसानहरुमा निराशा छाएको सूचना आफुले पाएको बताउँदै ढकालले जुनारको संरक्षण र सम्बद्र्धनका लागि पनि वाणिज्य संघले उचित पहल गर्ने आश्वासन पनि उनले दिए ।
सो कुरा उनले शनिवार रामेछाप उद्योग वाणिज्य संघको मन्थलीमा सम्पन्न १३ औं बार्षिक साधारणसभा उद्घाटनका क्रममा बताएका हुन् । प्रमुख अतिथिका रुपमा कार्यक्रममा सहभागी भएका ढकालले निजी क्षेत्रको बिकास बिना मुलुकको विकास अधुरो रहने भन्दै त्यसका लागि स्थानिय सरकारसँग समन्वय गरी उद्योग वाणिज्य संघ अघि बढन तयार रहेको पनि उनले बताए ।
स्थानिय सरकार संगको सहकार्यमा काम गर्नका लागि मन्थली नगरपालीकाका प्रमुखको आव्हानले आफु प्रभावित भएको भन्दै लगानी मैत्रीको सवालमा आफ्नो चित्त बुझेको पनि बताए । कार्यक्रममा केन्द्रिय कार्य समितिका कार्यकारिणी सदस्य डिबी वस्नेत, श्रीकृष्ण बैद्य र रामेश्वर मानन्धरले रामेछाप उद्योग वणिज्य संघको साधारणसभाको शुभकामना दिदै महांसघ मार्फत जिल्लामा पनि निजी क्षेत्रमा लगानी गर्ने वातावरण निमार्ण गर्न आग्रह गरेका थिए ।
साधारणसभाका विशिष्ट अतिथि समेत रहेका मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले अगुवा व्यवसायीहरुलाई नगरको उत्पादनसँग सहकार्य गर्न आग्रह गरे । उनले भने– व्यापार गरेर पैसा कमाएर मात्रै त्यसको संस्थागत विकास हुन सक्दैन । त्यसका लागि स्थानिय सरकारसँग सहकार्य गर्दै व्यवसायीक प्रयोजनको कामहरुलाई आपसी समझदारीमा अघि वढाउन नगरपालिका तयार छ ।
कार्यक्रममा थाहा नगरपालिकाका उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्री, नेपाली काँग्रेसका कार्य समिति सदस्य नवराज घिमिरे, नेकपा एमालेका प्रकाश कार्की, एनेकपा माओवादीका प्रतिनिधि दीपक प्रसाई, नेपाल पत्रकार महासंघका अध्यक्ष वद्री नयाँघरे र उपभोक्ता मञ्च रामेछापका अध्यक्ष रामचन्द्र कडेँल (शर्मा) लगाएतका वक्ताहरुले संघको १३ वार्षिक साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
साधारण सभामा महासचिव नवराज ढुंगेलले संस्थाले गत वर्ष गरेको प्रगती र भावि कार्यक्रमका बारेमा पनि जानकारी गराएका थिए । उद्घाटन सत्रपछि भएको बन्द सत्रमा विभिन्न ्
साधारणसभामा संस्थाका पूर्व अध्यक्षहरु पशुपति वहादुर खड्का, श्याम थापा पूर्व महासचिव जेएन दाहाल, वरिष्ठ उपाध्यक्ष नवीन थापामगर, सदस्यद्धय सुमिका श्रेष्ठ र द्रोणप्रकाश केसीलाई प्रमुख अतिथि ढकालले सम्मान गरेका थिए । संस्थाका महासचिव नवराज ढुंगेलले संचालन तथा संघका अध्यक्ष केशव प्रसाद घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कोषाध्यक्ष पवनकुमार कठायतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा ंसंस्थाले हाल सम्मको सबै खर्च कटाएर ४२ लाख नगद संस्थाको खातामा भएको जानकारी गराएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...