रामेछाप उद्योग बाणिज्य संघमा ६ वेड अक्सिजन सहितको आइसोलेसन बेड

Written by meropradesh creator

३ जेष्ठ २०७८, सोमबार

रामेछाप । रामेछाप उद्योग बाणिज्य संघ रामेछापले आफ्नै भवनमा अक्सिजन सहितको ६ बेडको आइसोलेसन कक्ष निमार्ण गर्ने, साथै आवश्यक स्वास्थ्यकर्मी समेत राख्ने भएको भएको छ ।
हाल विश्वमा महामारीको रुपमा वढ्दै गइरहेको दोश्रो भेरियन्ट सहितको कोरोना भाइरसबाट जिल्लाका व्यवसायीहरु संक्रमित भएको खण्डमा अस्पतालमा बेड अभाव हुनसक्ने भन्दै रामेछाप उद्योग वाणिज्य संघले आफ्नै भवनमा तल्लो तलामा ६ वेड अक्सिजन सहितको आइसोलेसन कक्ष निमार्ण गर्ने आवश्यक स्वास्थ्यकर्मी समेत राख्ने निर्णय गरिएको रामेछाप उद्योग वाणिज्य संघका महासचिव नवराज  ढुंगेलले जानकारी  दिए ।
उनले भने– महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण रामेछापमा पनि पछिल्लो समयमा दिनानुदिन संक्रमित हुनेको संख्या बढ्दै गएको छ । कोरोना भाइरसवाट कुनै व्यवसायीलाई संक्रमण भएको खण्डमा सहज तरिकाले राख्नको लागि आफ्नै भवनमा अक्सिजन सहितको आइसोलेसन कक्ष निमार्ण गर्ने गरी आइतवार रामेछाप उद्योग वाणिज्य संघमा वसेको पदाधिकारी तथा कार्य समिति सदस्यहरुको बैठकले सो निर्णय गरिएको महासचिव ढुंगेलले बताए ।
पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पताल र मेडिकलहरुमा पारा सिटामोल औषधी समेत अभाव भइरहेको बेला व्यवसायीहरुको छाता संस्था रामेछाप उद्योग वाणिज्य संघले यो विपत तथा महामारीमा पनि संवेदनशिल हुँदै नेपाल सरकारलाई सहयोग पुर्याउँदै आएको उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नबीन केसीले जानकारी दिए ।


कोरोना महामारीको समयमा पनि जिल्लाका व्यवसायीहरुले स्वास्थ्य मापदण्ड अपनाउने, सामाजिक दुरी कायम गर्दै आम उपभोक्ताहरुलाई अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरु बिक्रीवितरण गर्दै आएको रामेछाप उद्योग वाणिज्य संघका सचिव सुरेश उदासले जानकारी दिए ।
उनले भने– महामारीको समयमा जिल्लाका आम व्यवसायीहरुलाई सहज र सरल तरिकाले अत्यावश्यक सामाग्रीहरुको व्यवसाय संञ्चालन गर्न अनुरोध गरेका छौं । त्यस्तै व्यवसायीहरुको हितको लागि संघको सचिवालय स्वास्थ्य मापदण्ड पुरा गरेर कार्यालय दैनिक संञ्चालनमा ल्याएको पनि सचिव उदासले बताए ।
कोरोना संक्रमितको संख्या दैनिक बृद्धि भएसँगै अस्पतालहरुमा अक्सिजनको अभाव सँगै आइसोलेसन बेड समेतको अभाव हुँदै गएपछि रामेछाप उद्योग वाणिज्य संघले आफ्नै पहलमा ६ वटा अक्सिजन सहितको आइसोलेसन वेड तयार गर्न लागिएको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरेले जानकारी दिए ।
हाल रामेछाप उद्योग वाणिज्य संघमा जिल्लाभरका गरि कुल १ हजार ४ सय व्यवसायीहरु सदस्य रहेका छन् । वाणिज्य संघले व्यवसाय संचालन गर्नेहरुलाई सदस्यता विस्तार गर्दै आएको छ । यस अभियानलाई संघले थप विस्तार गर्दै लैजाने जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...