रामेछाप । रामेछाप उद्योग बाणिज्य संघको ८ औं जिल्ला अधिवेशन आगामी फागुन २७ शनिवार जिल्ला सदरमुकाम मन्थलीमा हुने भएको छ ।
बाणिज्य संघको बिहिवार बसेको ३५ औं सचिबालय बैठकले माघ २१ गते १४ औं साधारणसभा सम्पन्न गर्ने र ८ औं जिल्ला अधिवेशन आगामी फागुन २७ गते गर्ने निर्णय गरेको हो । फागुनमा हुने जिल्ला अधिवेशनको प्रमुख अतिथि नेपाल बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रकास ढकालको प्रमुख आतिथ्यतामा गर्ने निर्णय भएको रामेछाप उद्योग बाणिज्य संघका महासचिव नबराज ढुंगेलले जानकारी दिए ।
उनले भने– बिधान अनुसार संघको साधारणसभा सकेर जिल्ला अधिवेशन सम्पन्न गर्ने गरि पदाधिकारी बैठकले निर्णय गरेको छ । जसअनुसार साधारणसभा र अधिवेशन सम्पन्न गर्नको लागि विभिन्न उप–समिति गठन गरेर काम अघि बढाइने भएकाले सभा सम्पन्न नभएसम्म पदाधिकारीको सक्रियता बढ्ने आफुले बिश्वास लिएको महासचिब ढुंगेलले बताए ।
दुईवटा नगरपालिका र ६ वटा गाउँपालिका गरि ८ वटा स्थानिय तह रहेको रामेछापमा रामेछाप नगरपालिका बाहेक ७ वटा स्थानिय तहमा गरि उद्योग बाणिज्य संंघमा विभिन्न व्यापारव्यवसाय संचालन गर्दै आएका १ हजार ४ सय ८ जना सदस्यहरु आवद्ध रहेका छन् । जसमध्ये अधिवेशनमा भने १ हजार ३ सय ८७ जनाले मात्रै मतदान प्रक्रियामा सहभागी हुन पाउने रामेछाप उद्योग बाणिज्य संघका सचिव सुरेश उदासले जानकारी दिए ।
उद्योग बाणिज्य संघको अधिवेशनको मिति घोषणा नहुँदै केही हाल बहालवाला पदाधिकारीहरु आफ्ना सदस्यहरुको घरघरमा पुगेर आउने अधिवेशनमा आफुु उम्मेदवार बन्ने भएकाले मतदान गराई निर्वाचन गराइदिनुु भन्दै एक चरण पालिकास्तरमा पुगिसकेका छन् । यसबाट के बुझिन्छ भने यसपटकको रामेछाप उद्योग बािणज्य संघको अधिवेशन बिगतका भन्दा रोचक हुने देखिन्छ ।
संघको पदाधिकारी बैठकले अधिवेशनको टुुङ्गो लगाएसँगै जिल्लाको बजारी क्षेत्रमा व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरु उम्मेदवार क–कसलाई बनाउने, माहोल कस्को बलियो छ भन्ने बिषयमा बजारको चोकचोकमा र चिया पसलमा व्यवसायी बिच एकआपसमा कुरा आदनप्रदान हुन थालेको छ ।