रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार मन्थलीमा सम्पन्न १६ औं साधारण सभामा कोषाध्यक्ष कुलबहादुर कार्कीले एक वर्षमा ४ लाख ९६ हजार ३ सय रुपैयाँ नाफा कमाएको उल्लेख गरेको छ । सहकारीले गत आर्थिक वर्ष २०७९/०८० मा ४ लाख ९६ हजार ३ सय रुपैयाँ नाफा कमाउनका साथै संस्थाको शेयर पुँजी ७ करोड ४३ हजार ३ सय रुपैयाँ पुगेको प्रतिबेदनमा उल्लेख गरेको छ । त्यस्तै बचत सङ्कलन २ करोड १५ लाख ५१ हजार ८० रुपैयाँ पुगेको छ उल्लेख गरेको छ ।
कार्यक्रममा बचत तथा ऋण सहकारी सङ्घका महासचिव शिवराज श्रेष्ठले प्रतिवेदनमा आगामी आर्थिक वर्ष २०८०/०८१ मा हाल रहेको १७५ शेयर सदस्यबाट १८० शेयर सदस्य पुर्याउने संस्थाले लक्ष्य लिएको उल्लेख गरिएको छ । सङ्घको आर्थिक वर्ष २०८०/०८१ मा ५ लाख १९ हजार नाफा, शेयर पुँजी १५ लाख र बचत सङ्कलन ३ करोड ६८ लाख ९६ हजार ५५६ पुर्याउने लक्ष्य लिएको महासचिव श्रेष्ठले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घ अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षता, राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यता सङ्घको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । अहिले रामेछाप जिल्ला भित्र सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरूलाई एकताको सूत्रमा समेटेर रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घ अगाडी बढिरहेको सङ्घका अध्यक्ष दाहालले बताए । सङ्घले जिल्लाका बचत तथा ऋण सहकारी संस्थाको हक, हित रक्षाका लागि बहस, पैरवी, विकास र प्रवर्धनमा टेवा पुर्याउनका लागि काम गरिरहेको उनको भनाई छ । सोही अनुरूप रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घले सहकारीको भावना, मूल्य, मान्यता, सिद्धान्त अनुरूप कार्यक्रमहरू सञ्चालन गरिरहेको उल्लेख गरे ।