रामेछाप सहकारी संघको १६ औं साधारण सभा सम्पन्न

३० मंसिर २०८०, शनिबार

रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार मन्थलीमा सम्पन्न १६ औं साधारण सभामा कोषाध्यक्ष कुलबहादुर कार्कीले एक वर्षमा ४ लाख ९६ हजार ३ सय रुपैयाँ नाफा कमाएको उल्लेख गरेको छ । सहकारीले गत आर्थिक वर्ष २०७९/०८० मा ४ लाख ९६ हजार ३ सय रुपैयाँ नाफा कमाउनका साथै संस्थाको शेयर पुँजी ७ करोड ४३ हजार ३ सय रुपैयाँ पुगेको प्रतिबेदनमा उल्लेख गरेको छ । त्यस्तै बचत सङ्कलन २ करोड १५ लाख ५१ हजार ८० रुपैयाँ पुगेको छ उल्लेख गरेको छ ।


कार्यक्रममा बचत तथा ऋण सहकारी सङ्घका महासचिव शिवराज श्रेष्ठले प्रतिवेदनमा आगामी आर्थिक वर्ष २०८०/०८१ मा हाल रहेको १७५ शेयर सदस्यबाट १८० शेयर सदस्य पुर्‍याउने संस्थाले लक्ष्य लिएको उल्लेख गरिएको छ । सङ्घको आर्थिक वर्ष २०८०/०८१ मा ५ लाख १९ हजार नाफा, शेयर पुँजी १५ लाख र बचत सङ्कलन ३ करोड ६८ लाख ९६ हजार ५५६ पुर्‍याउने लक्ष्य लिएको महासचिव श्रेष्ठले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ ।


रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घ अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षता, राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यता सङ्घको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । अहिले रामेछाप जिल्ला भित्र सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरूलाई एकताको सूत्रमा समेटेर रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घ अगाडी बढिरहेको सङ्घका अध्यक्ष दाहालले बताए । सङ्घले जिल्लाका बचत तथा ऋण सहकारी संस्थाको हक, हित रक्षाका लागि बहस, पैरवी, विकास र प्रवर्धनमा टेवा पुर्‍याउनका लागि काम गरिरहेको उनको भनाई छ । सोही अनुरूप रामेछाप जिल्ला बचत तथा ऋण सहकारी सङ्घले सहकारीको भावना, मूल्य, मान्यता, सिद्धान्त अनुरूप कार्यक्रमहरू सञ्चालन गरिरहेको उल्लेख गरे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...