रामेछाप नपा ७ सुकाजोरमा महिलाको क्षमता विकासको ७ दिने उद्घोषण तालिम सञ्चालन

रामेछाप । महिलाहरूको क्षमता विकास गराउने उद्देश्यले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले ७ दिने उद्घोषण तालिम सञ्चालन गरेको छ । महिलाहरूको बोल्ने कलाको विकास गराउनका साथै व्यक्तित्व कलाको विकास गराउने उद्देश्यले सञ्चालन गरेको तालिममा वडाको २० जना महिलाहरूको सहभागिता रहेको थियो ।

तालिमको उद्घाटन गर्दै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले तालिममा सहभागीहरूलाई मनको डर भगाएर राम्रो उद्घोषक बन्न आग्रह गर्नु भएको छ । ७ दिन सम्म सञ्चालन हुने तालीम बाट भरपुर फाइदा उठाउन आग्रह गर्दै महिलाहरूको विकासको लागी आफूले सक्ने सबै प्रकारको सहयोग गर्ने बताउनु भयो । बोल्ने कलाको विकास विना अन्य कलाको विकास सम्भव नहुने भन्दै मन देखी सिक्न समेत आग्रह गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष समीर कार्कीले पछिल्लो समय वडाले महिलाहरूलाई सक्रिय बनाउन विभिन्न प्रकारका तालिम तथा कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताएका छन् । उनले तालिममा सहभागीहरूले तालिम पश्चात् आफ्नो टोल बस्तीमा हुने हरेक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए ।

वडा नं ७ का वडा सदस्य रन्जिता कार्कीले वडामा रहेका महिलाहरूलाई सक्रिय बनाउन तालिमको आयोजना गरिएको जनाएको छ । तालिमको सहजिकरण पत्रकार तथा उद्घोषक युवराज श्रेष्ठले गरेका छन् । तालिममा उद्घोषण कला, भाषण कला र नेतृत्व विकास सम्बन्धी विषय वस्तु समेट्न प्रशिक्षक युवराज श्रेष्ठले जानकारी दिए । वडा कार्यालयमा तालिम दैनिक ५ घण्टा सञ्चालन हुने छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...