रामेछाप नपा ७ सुकाजोरमा महिलाको क्षमता विकासको ७ दिने उद्घोषण तालिम सञ्चालन

रामेछाप । महिलाहरूको क्षमता विकास गराउने उद्देश्यले रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले ७ दिने उद्घोषण तालिम सञ्चालन गरेको छ । महिलाहरूको बोल्ने कलाको विकास गराउनका साथै व्यक्तित्व कलाको विकास गराउने उद्देश्यले सञ्चालन गरेको तालिममा वडाको २० जना महिलाहरूको सहभागिता रहेको थियो ।

तालिमको उद्घाटन गर्दै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले तालिममा सहभागीहरूलाई मनको डर भगाएर राम्रो उद्घोषक बन्न आग्रह गर्नु भएको छ । ७ दिन सम्म सञ्चालन हुने तालीम बाट भरपुर फाइदा उठाउन आग्रह गर्दै महिलाहरूको विकासको लागी आफूले सक्ने सबै प्रकारको सहयोग गर्ने बताउनु भयो । बोल्ने कलाको विकास विना अन्य कलाको विकास सम्भव नहुने भन्दै मन देखी सिक्न समेत आग्रह गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष समीर कार्कीले पछिल्लो समय वडाले महिलाहरूलाई सक्रिय बनाउन विभिन्न प्रकारका तालिम तथा कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताएका छन् । उनले तालिममा सहभागीहरूले तालिम पश्चात् आफ्नो टोल बस्तीमा हुने हरेक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए ।

वडा नं ७ का वडा सदस्य रन्जिता कार्कीले वडामा रहेका महिलाहरूलाई सक्रिय बनाउन तालिमको आयोजना गरिएको जनाएको छ । तालिमको सहजिकरण पत्रकार तथा उद्घोषक युवराज श्रेष्ठले गरेका छन् । तालिममा उद्घोषण कला, भाषण कला र नेतृत्व विकास सम्बन्धी विषय वस्तु समेट्न प्रशिक्षक युवराज श्रेष्ठले जानकारी दिए । वडा कार्यालयमा तालिम दैनिक ५ घण्टा सञ्चालन हुने छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...