रामेछाप नगरपालिकाले बनायो जिल्लामै पहिलो पटक सुरक्षित आवास गृह

Written by meropradesh creator

२९ माघ २०७८, शनिबार

रामेछाप । रामेछाप नगरपालिकाले जिल्लामा पहिलो पटक सुरक्षित आवास गृह भवन निर्माण गरेको छ । नवनिर्मित सुरक्षित आवास गृह भवनको शुक्रबार उद्घाटन गर्दै नगर उपप्रमुख सृजना खड्काले जिल्लामा सुरक्षित आवास गृह नहुदा हिंसामा परेका महिला तथा बालबालिकाहरुलाई तत्काल उद्दारी राख्न समस्या रहेको भन्दै अब त्यस्तो समस्या नहुने बताएकी छिन् ।

नगरले हिंसामा परेका महिला तथा बालबालिकाहरुलाई तत्काल उद्दार गरेर राख्नको लागि आवास निर्माण गरिएको भन्दै नगरपालिकाभित्र हिंसामा परेका पीडित महिला, अनाथ बालबालिका र हेरचाह नभएका वृद्धावृद्धको लागि लक्षित गरेर सुरक्षित आवास गृह निर्माण गरेको हो उपप्रमुख खड्काले बताइन । नगरको विकास सडक निर्माणले मात्र नुहुने भन्दै चौतर्फी बिकास हुन आवश्यक रहेको बताइन् । सकेसम्म महिला दिदिबहिनी, वृद्धावृद्ध बालबालिका ,घर परिवार बाट पिडित नबनुन अनाथ नबनुन भन्ने चाहन्छौ तर केहि गरी समस्यामा परेको अवस्थामा कहाँ जाने के खाने भन्ने समस्या अब नगर भित्र नहुने उपप्रमुख खड्काले बताइन् ।
करिब ८१ करोड ७ लाखमा निर्माण गरिएको आवास गृह दुई तलाको रहेको छ । तीन वटा कोठा र दुई वटा हल रहेको भवनमा हाल सीप सिकाईको कार्यक्रम सञ्चालन हुँदै आएको छ । रामेछाप नगरपालिकाको नगर गौरवको योजनाको रुपमा रहेको भवन निर्माण सम्पन्न भएसँगै नगरपालिकाभित्र विभिन्न कारणले पीडित भएकाहरुलाई तत्काल उद्दार गरेर राख्न सकिने जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...