रामेछाप नगरपालिकाको ५० प्रतिशत अपाङ्ग परिचय पत्र खारेजी

Written by meropradesh creator

२१ कार्तिक २०८०, मंगलवार

रामेछाप । रामेछाप नगरपालिकाले ५० प्रतिशत अपाङ्ग परिचय पत्र खारेज गरेको छ । नगरपालिका भित्र विगत लामो समय देखी अपाङ्ग परिचय पत्र बनाएर सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको भन्दै नगरपालिकामा उजुरी परेपछि नगरपालिकाले अद्यावधिक शिविर सञ्चालन गरेको थियो । उक्त शिविर बाट ५० प्रतिशत अपाङ्ग परिचय खारेजी गरेको छ । यस भन्दा अघि ३ सय ७२ जनाले अपाङ्ग परिचय पत्र बनाएर सामाजिक सुरक्षा बापतको रकम लिँदै आएका थिए । नगरपालिकाले सञ्चालन गरेको अद्यावधिक शिविर बाट  १ सय ८६ जनालाई अपाङ्ग परिचय पत्र वितरण गरेको छ । अब १ सय ८६ जनाले मात्र सामाजिक सुरक्षा भत्ता बुझ्न पाउने छन् ।
यस अघि रामेछाप नगरले नगर भित्रका क र ख वर्गको परिचय पत्रका आधारमा कुल ३ सय ७२ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा बापतको भत्ता दिँदै आएको थियो । यसमा नगरले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि  विभेद गरेर भत्ता वितरण गरेको भन्दै सर्व साधारका नाममा अख्तियार दुरुपयोग आयोगमा उजुरी परेपछि नगरले परिचय पत्र अद्यावधि गर्न विशेषज्ञ चिकित्सक सहितको  शिविर सञ्चालन गरेको थियो ।
एक हप्ता लामो परिचय पत्र अद्यावधि शिविरले सङ्घीय सरकारले तयार गरेको मापदण्डका आधारमा गरिएको परीक्षणबाट हाल भत्ता पाउँदै आएका अपाङ्ग हरूको सङ्ख्या ३ सय ७२  बाट  झरेर १ सय ८६ मा झरेको हो । जस मध्ये क वर्गको रातो परिचय पत्र पाउने ६० जना र ख वर्गको निलो परिचय पत्र पाउने अपाङ्ग हरूको सङ्ख्य १ सय २६ रहेको छ । त्यसै गरी भत्ता नपाउने ग वर्गको पहेँलो परिचय पत्र पाउने ५५ र घ वर्गको सेतो परिचय पत्र पाउने हरू ३० जना रहेका छन् भने १४ वटा परिचय पत्र भने सबै कागजात नपुगेका कारण रोकिएको छन् ।
 गणतन्त्र प्राप्ति पछि भएको पहिलो स्थानीय निर्वाचन सँगै कार्यभार सम्हालेका  जन प्रतिनिधीहरुले कार्यपालिकाको बैठक वाट कार्यविधि परिमार्जन गरेका थिए ।  रामेछाप नगर कार्यपालिकाले बहकिएर  सङ्घीय सरकारले बनाएको अपाङ्गता कानुन विपरीत निर्णय गरेर  कार्यविधि नै परिवर्तन गरेपछि रामेछाप नगरपालिका भित्र क र ख वर्गको अपाङ्ग परिचय पत्र पाउनेको सङ्ख्यामा एकाएक वृद्धि भएको थियो ।
करिब २ महिना अघि नगरपालिकाले परिचय पत्र र भत्ता वितरणमा समेत अपाङ्ग हरूलाई  विभेद गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । सो उजुरी परेपछि अपाङ्ग नगर समन्वय समितिका पधाकिकारी र कर्मचारीहरूले अहिले पनि अख्तियारमा मुद्ध खेपी रहेका छन् । उजुरी पछि  पछि रामेछाप नगर कार्यपालिकाको बैठकले अघिल्लो नेतृत्वले  थप गरेको कार्यविधि खारेज गरी  यही साउन महिना देखिनै लागु हुने गरी अपाङ्ग भत्ता वितरणको काम स्थगन गरी  दसैँ लगत्तै विज्ञ चिकित्सक सहितको रोहवरमा परिचय पत्र अद्यावधि शिविर सञ्चालन गरेको नगर अपाङ्ग समन्वय समितिकी संयोजक तथा रामेछाप नगरकी उप प्रमुख बाला कुमारी कार्कीले बताइन् ।
सङ्घीय सरकारले निर्माण गरेको कार्यविधिका आधारमा सञ्चालन गरिएको शिविरमा यस अघि कायम भएका ३ सय ७२ जना सामाजिक सुरक्षा भत्ता पाउने अपाङ्गहरूको सङ्ख्या घटेर १ सय ८६ जना कायम भएको रामेछाप नगरकी महिला तथा वाल बालिका शाखाकी प्रमुख विमला शर्माले जानकारी दिएकी छिन् ।
गत साउन महिना सम्म रामेछाप नगर भित्र क वर्गका अपाङ्ग २ सय ४० ख वर्गका अपाङ्ग १ सय ३२ ग वर्गका  अपाङ्ग ३१ जना र घ वर्गका २० जना मात्र रहेका थिए । तर एक हप्ताको परिचय पत्र अद्यावधि शिविर पछि सामाजिक सुरक्षा भत्ता पाउने अपाङ्गहरूको सङ्ख्यामा भने गिरावट आएको हो । यस अघिका हरेक वर्ष रामेछाप नगरपालिकाले आफ्नो नगर भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूका लागि वडा स्तर मानै पुगेर परिचय पत्र वितरण र आय आर्जनका विभिन्न काम सञ्चालन गर्दे आएको थियो ।
  सरकारहरूले क र ख वर्गका  अपाङ्गता भएका हरूलाई परिचय पत्रका आधारमा भत्तामा वृद्धि गरी क वर्गका लागि प्रति महिना २ हजार र ख वर्गका लागि १६ सय पु¥याए सँगै रामेछाप नगरमा पनि परिचय पत्र बनाउने अपाङ्ग हरूको सङ्ख्या वृद्धि भएको थियो  ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

कर्मचारीमाथि हातपात भएपछि खाँडादेवी गाउँपालिकाको कामकाज ठप्प; आरोपी प्रहरी नियन्त्रणमा

रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूमाथि कार्यालय परिसरभित्रै भएको कुटपिट र अभद्र व्यवहारको विरोधमा सम्पूर्ण प्रशासनिक तथा प्राविधिक सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। स्थानीय खानेपानी योजनाको मूल्याङ्कनका क्रममा वास्तविक काम अनुसार मात्र...

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाले ल्यायो ६३ करोड ५ लाखको बजेट, शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

रामेछाप । गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ६३ करोड ५ लाख २० हजार २ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १९ औँ गाउँसभामा उपाध्यक्ष उषा देवी कार्की द्वारा प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी तथा...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...