रामेछाप नगरपालिकाका ९ वडालाई एकैदिन बालमैत्री घोषणा, बाल अधिकार सुनिश्चिततर्फ महत्वपूर्ण कदम

२९ जेष्ठ २०८२, बुधबार

रामेछाप .- ‘बालबालिकामा गरिएको लगानी, ल्याउँछ सुनौलो विहानी’ भन्ने मूल नाराका साथ रामेछाप नगरपालिकाका सबै ९ वडाहरूलाई मंगलबार एकैसाथ बालमैत्री वडा घोषणा गरिएको छ।

नेपाल सरकारले सन् २०३० सम्म देशलाई बालमैत्री राष्ट्र बनाउने लक्ष्य लिएको छ। सोही दिशामा रामेछाप नगरपालिकाले कदम चाल्दै, बाल संरक्षण, विकास, सहभागिता लगायतका ५१ वटा सूचकहरू पूरा गरी सबै वडालाई एकैपटक बालमैत्री घोषणा गरेको हो।

नगर प्रमुख लवश्री न्यौपानेका अनुसार, बालमैत्री स्थानीय शासन स्थापनाका लागि सम्पूर्ण वडाहरूले आवश्यक मापदण्डहरू पूरा गरेकाले घोषणा गरिएको हो। वडा नं. ७ सुकाजोरका अध्यक्ष समिर कार्कीले आफ्नो वडालाई सभ्य, सुरक्षित र बालमैत्री बनाउने उद्देश्यले यस्तो निर्णय लिइएको बताए।

वडा नं. ८ का अध्यक्ष सन्तोष तामाङले बालश्रम र बालविवाह अन्त्य, निःशुल्क तथा अनिवार्य शिक्षाको सुनिश्चितता, र सामाजिक रूपान्तरणका लागि बालमैत्री अवधारणालाई व्यवहारमा उतारिएको स्पष्ट पार्नुभयो।

शिक्षा तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलले बालमैत्री वडा घोषणाले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा तथा सहभागितालाई सुनिश्चित गर्ने भएकाले मन्थली र रामेछाप नगरपालिकामा यो प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको जानकारी दिनुभयो।

बाल सञ्जाल रामेछापकी अध्यक्ष कृति तामाङले बालमैत्री वडा घोषणापछि बालबालिकाले आफ्नै योजना छनोट गर्ने अधिकार पाउने भएकाले यस्तो घोषणा आवश्यक रहेको बताइन्।

उक्त घोषणाको अवसरमा संघीय सांसद तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले बालमैत्री घोषणा सराहनीय भए पनि यसको कार्यान्वयनमा कुनै सम्झौता हुन नहुनेमा जोड दिनुभयो।

सो अवसरमा जिल्ला समन्वय प्रमुख चिना खडका, उपप्रमुख प्रेमबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईं, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, प्रदेश सांसद तारानारायण श्रेष्ठ लगायतले वडा नं. १ देखि ९ सम्म उद्घाटन कार्यक्रमहरूमा सहभागिता जनाएका थिए।

कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, वालक्लव सञ्जाल, विभिन्न विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो। साथै, विद्यालयका बालबालिकाले सांस्कृतिक कार्यक्रम र चेतनामूलक नाटकमार्फत बाल अधिकारको महत्व दर्शाएका थिए। यसैक्रममा, मन्थली नगरपालिकाका १४ वटै वडालाई पनि बुधबार एकैदिन बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

मन्थली ।रामेछापको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ, रामेछापले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ८९ सामुदायिक र ३ संस्थागत गरी कूल ९२ विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । सार्वजनिक गरिएको...