रामेछाप नगरपालिकाद्वारा निःशुल्क र अनिवार्य शिक्षा घोषणा

रामेछाप । रामेछाप नगरपालिकाले सबै बालबालिकाका लागि निःशुल्क र अनिवार्य शिक्षा लागू हुने घोषणा गरेको छ । शिक्षा क्षेत्रलाई समान पहुँच र आधारभूत अधिकारको रूपमा विकास गर्न नगरपालिकाले यो ऐतिहासिक कदम चालेको हो ।
नगरपालिकाको औपचारिक घोषणा सभा निर्वतमान ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यमा सम्पन्न भयो । नगरप्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख बालाकुमारी कार्की, प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईं, नगरका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, विद्यालयका प्रधानध्यापक, शिक्षक, कर्मचारी, पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री तामाङले शिक्षालाई सबैको पहुँचमा पु¥याउने काम राष्ट्रको आधार निर्माण गर्ने काम भएको बताए । नगरप्रमुख न्यौपानेले नीतिगत निर्णय मात्र नभई व्यवहारिक कार्यान्वयनमा नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।
तर, राजनीतिक दलका प्रतिनिधिहरूले घोषणाको कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । उनीहरूले धेरै विद्यालयमा ‘सहयोग’को नाममा शुल्क असुली हुने गम्भीर चिन्ता व्यक्त गर्दै त्यसमा कडाइ गर्नुपर्ने माग गरे । शिक्षा निःशुल्क र सर्वसुलभ बनाउने उद्देश्यप्रति सबैले समर्थन जनाए पनि त्यसलाई प्रभावकारी रूपमा लागू गर्न निगरानी र पारदर्शिता आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।
नगरपालिकाले आगामी दिनमा विद्यालयहरूमा गुणस्तरीय शिक्षा, पहुँच विस्तार र विद्यार्थीमाथिको आर्थिक भार कम गर्ने कामलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ । सो अवसरमा नगरपालिकाले अनिर्वाय तथा निशुल्क शिक्षा घोषणा गर्न सहयोग पुर्याएको भन्दै वडा अध्यक्ष वडा शिक्षा समितिका संयोजक बिद्यालयका प्रधानध्यपक लगाएत व्यक्तीहरुलाई सम्मान समेत गरेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

एमाले महाधिवेशन – रामेछापबाट १२ प्रतिनिधि सर्वसम्मत चयन

रामेछाप— नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रामेछापबाट १२ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् । यसअघि कुल ६७ जना नेताहरुले उम्मेदवारी दर्ता गरे पनि अन्ततः सहमतिमै प्रतिनिधि छनोट टुंगो लागेको एमाले रामेछापले जनाएको छ ।खुला समूहमा दर्ता भएका ३४...

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछापमा सम्पन्न ‘आठौँ राष्ट्रपति रनिङ शिल्ड’ मा गौरीशङ्कर मावि च्याम्पियन

रामेछाप— रामेछाप नगरपालिका–८ स्थित टुडिखेलमा सम्पन्न आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष गौरीशङ्कर माध्यमिक विद्यालय रामेछाप समग्र च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा विद्यालयले उत्कृष्ट खेलकुद प्रदर्शन र सर्वाधिक पदक जित्दै सबैको ध्यान...

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

जेसिज रामेछाप–२०२६ का लागि अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत

रामेछाप । जेसिज रामेछापले वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ ।सभाबाट कुमार श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको छ । नेतृत्व चयनसँगै जेसिजले नयाँ ऊर्जा र योजनासहित आगामी वर्षका कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।नया कार्यकारिणीमा कार्यकारिणी...