रामेछाप नगरपालिका जिल्लाकै दोस्रो, देशको २८ औँ बालमैत्री स्थानीय सुशासनयुक्त पालिका

रामेछाप । रामेछाप नगरपालिका शनिबार बाटऔपचारिक रूपमा बालमैत्री स्थानीय सुशासनयुक्त पालिका घोषणा भएको छ । रामेछापमै आयोजित भव्य समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घोषणा गर्नुभयो ।

मुख्यमन्त्री बानियाँले बाल संरक्षण, विकास, सहभागिता र संस्थागत सुदृढीकरणका ५१ वटा सूचक पूरा गरेपछि रामेछाप नगरपालिका जिल्लाकै दोस्रो र देशभरको २८ औँ बालमैत्री पालिका बन्न सफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो घोषणा नगरको ठूलो उपलब्धि हो, यसको दिगोपनाका लागि सबै पक्ष मिलेर अगाडि बढ्न आवश्यक छ । प्रदेश सरकारले यसलाई निरन्तर सहयोग गर्नेछ ।”

त्यससँगै मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकार बालमैत्री स्थानीय शासनलाई कार्यान्वयनमा ल्याउन प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रदेशभित्रका सबै पालिकालाई बालमैत्री स्थानीय सुशासनयुक्त घोषणा गर्न लागी पर्न आग्रह गर्नुभयो । उनले प्रदेश सरकार त्यसका लागि आवश्यक सहयोग र सहकार्य गर्न सधैँ तयार रहेको पनि स्पष्ट पार्नुभयो ।

नगर प्रमुख लवश्री न्यौपानेले करिब चार वर्षको निरन्तर प्रयासपछि रामेछाप नगरपालिका बालविवाहमुक्त, बालश्रममुक्त र बालमैत्री पालिका बन्न सफल भएको बताए । उनले २०७८ साल फागुनदेखि नीतिगत रूपमा अभियान थालिएको र २०७९ असोजदेखि सघन रूपमा अघि बढाइएको उल्लेख गर्दै भने, “गत जेठ २७ गते नगरपालिकाका सबै ९ वटा वडा बालमैत्री स्थानीय सुशासनयुक्त घोषणा भइसकेका थिए ।”

रामेछाप नगरपालिकामा हाल ७,०८८ घरधुरीसहित ३६,६२१ जनसंख्या छ । जसमा १८ वर्ष मुनिका १०,२४१ बालबालिका रहेका छन् । नगरभित्र ११३ बाल क्लब र १० बाल सञ्जालमार्फत करिब २,०४२ बालबालिका प्रत्यक्ष रूपमा संलग्न छन् । विभिन्न समिती तथा संरचनामा १७० बालबालिकाको सार्थक सहभागिता रहेको नगर प्रमुख न्यौपानेले प्रतिवेदनमार्फत प्रस्तुत गरे ।

घोषणा सभामा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ ९कान्छाराम०, प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे, प्रदेश सांसद तारानारायण श्रेष्ठ लगायतका वक्ताले बालमैत्री पालिका घोषणा ऐतिहासिक उपलब्धि भएको भन्दै यसको दिगोपनामा सबै सरोकारवालाको समान प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरे ।

सो अवसरमा बालबालिकाले सचेतनामूलक नाटक, कविता वाचन र सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए । नगर घोषणा भएसँगै अब बालमैत्री नीति, योजना तथा संरचनाहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गरिने अपेक्षा गरिएको छ । यसअघि जिल्लाकै सदरमुकाम मन्थली नगरपालिका बालमैत्री पालिका घोषणा भइसकेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

नोट फेला परेपछि डीएभी कलेज घटनाबारे प्रहरीको अनुसन्धान तीव्र

ललितपुर । ललितपुरस्थित डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तीव्र बनाएको छ । सोमबार कलेजको चौथो तलाबाट हामफालेका १८ वर्षीय आर्यन सिंहको उपचारका क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर...

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भयो रास्वपा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अब चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन गर्ने तयारी गरिएको थियो । रास्वपाका केन्द्रीय सदस्य...

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

‘सुशासन, प्रविधि र उत्पादन’ केन्द्रमा राख्दै बागमतीले ल्यायो ६६ अर्बको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले ‘सुशासन, प्रविधि र उत्पादन’लाई मुख्य प्राथमिकतामा राख्दै...