रामेछाप नगरपालिका ः अपाङ्ग परिचय पत्र अद्यावधिक गर्दै

Written by meropradesh creator

१८ कार्तिक २०८०, शनिबार

रामेछाप । रामेछाप नगरपालिकाले पालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुको परिचय अद्यावधिक गर्दै छ । यस भन्दा अघि अपाङ्गता नभएका व्यक्तिले पनी कानुनको आँखा छल्दै अपाङ्गता भएको नाटक गरी परिचय पत्र लिएको थाहा पाए संगै नगरपालिकाले अपाङ्ग परिचय पत्र अद्यावधिक गर्न सुरु गरेको हो ।

नगरपालिकाले यस अघि अपाङ्गता परिचय पत्र लिएका व्यक्तिहरुलाई जिल्ला अस्पतालमा ल्याएर परिक्षण स्वास्थ्य परिक्षण गरी अपाङ्गता भएको हो हैन् पहिचान गरी परिचय बितरणको काम स्ुरु गरेको छ । अपाङ्ग नभएका केही व्यक्तिहरुले भत्ता खाइरहेको नगरपालिकामा गुनासो आउन लागे संगै नगरपालिकाले पहिले जारी भएको सबै परिचय पत्र रद्ध गरेर नयाँ परिचय पत्र जारी गर्न थालेको हो ।

हाल नयाँ परिचय पत्र बितरणका लागी नगरभरीका सबै अपाङ्ग भएका व्यक्तिहरुलाई जिल्ला अस्पताल रामेछापमा ल्याएर परीक्षण गर्ने काम भैरहेको रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले जानकारी दिइन् । ९ वटै वडाहरुमा रहेका सबै अपाङ्गता भएकाहरुलाई चिकित्सक सहितको टोलिले परीक्षण गरेर कुन वर्गको परिचय पत्र प्राप्त गर्ने हो सोही अनुसार परिचय पत्र वितरण गर्ने कार्य सुरु गरेको उपप्रमुख कार्कीले बताइन् । यसभन्दा अघि केही सपाङ्ग व्यक्तिहरुले गाउँ गाउँमा शिविर संचालन भएको बेला नाटक गरेर अपाङ्ग बनेर भत्ता खाइरहेको पाइएकाले पुरानो परिचय पत्र खारेज गरी नयाँ परिचय पत्र बितरण गर्न थालिएको जानकारी दिइन् ।

त्यस्तै गरी वास्तविक अपाङ्गता भएका व्यक्तिले मात्रै भत्ता प्राप्त गरुन भनेर अस्पतालमै ल्याएर परीक्षण तथा पहिचान गर्ने काम गरेको महिला तथा बालबालिका शाखा प्रमुख विमला कुमारी शर्मा बताइन् ।
सबै वडा कार्यालयहरुले आ–आफनो वडाबाट गाडीको व्यवस्था गरेर अपाङ्गता भएकाहरुलाई परीक्षणको लागी अस्पताल ल्याउने र लैजाने काम गरेको रामेछाप नगरपालिका वडा नं ३ का वडाअध्यक्ष दल बहादुर प्रधानले जानकारी दिए । यहि कार्तिक १३ गतेदेखी सुरु भएको परिचय पत्र अद्यावधिक शिविर कार्तिक १९ गतेसम्म संचालन हुने रामेछाप नगरपालिकाले जानकारी दिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...