रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारले खानेपानी ट्याङकी बितरण गरेको छ । वडा भित्र खानेपानीको समस्या भएको भन्दै वडा कार्यलयले ७५ घरधुरीलाई खानेपानी ट्याङकी बितरण गरेको हो ।
वडा कार्यलयले वडाको नेवार टोल, खड्का टोल र महत टोलका ७५ घरधुरीलाई खानेपानी ट्याङकी वितरण गरिएको वडाअध्यक्ष दल बहादुर प्रधानले बताउनुभयो । वडा कार्यालयले एक घर एक ट्याङ्की वितरण अभियान अन्तर्गत गतवर्ष पनि ७० भन्दा बढी घरधुरीलाई खानेपानी ट्याङकी वितरण गरेको उहाँले बताउनु भयो ।
नागरीकहरुलाई आकाशे पानी संकलन गर्न सहयोग पुगोस भन्ने उद्धेश्यका साथ वडा कार्यलयले एक घर एक ट्याङ्की वितरण गरिरहेको वडाअध्यक्ष प्रधानले बताउनु भयो ।
पानीको समस्या झेल्दै आएका वडाका नारीकहरुलाई आकाशे पानी संकलन गरी फलफुल तथा तरकारी उत्पादनमा समेत लाग्न आग्रह गर्नुभयो । ट्याङ्की वितरण कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिईने उहाँले बताउनु भयो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...