रामेछाप नगरको लैगिंक हिंसा विरुद्धको अभियान सबै वडामा

Written by meropradesh creator

१६ मंसिर २०७८, बिहीबार

रामेछाप । रामेछाप नगरपालिकाले लैगिंक हिंसा विरुद्धको अभियान सबै वडामा पुर्याउने तयारी गरेको छ । नगरपालिकाले ‘घरैबाट शुरू गरौ, महिला हिंसा अन्य गरौ’ भन्ने मूल नाराका साथ वडा वडामा पुगेर लैगिंक हिंसा विरुद्धको जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । बजारमा भन्दा गाउँगाउँमा महिला हिंसाको बढने भनदै नगरपालिकाले सबै वडामा पुगेर सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा रामेछाप नरपालिकाका उपप्रमुख सृजना खड्काले महिला हिंसा अन्त्य गर्नको लागि सबै पक्ष मिलेर लाग्नु पर्ने कुरामा विशेष जोड दिएकी छिन् । उपप्रमुख खड्काले समाजको सोचमा परिवर्तन आवश्यक रहेको बताउदै महिला हिंसाको विरुद्ध सबै पक्ष मिलेर लडनु पर्ने बताएका हुन् । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तगर्त आज साँघुटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उप्रमुख खड्काले समाजमा रहेका विभेदको विरुद्ध महिला पुरुष मिलेरै अन्त्य गनुपर्नेमा जोड दिइन । उनले भनिन,‘महिला हिंसा विरुद्ध हुने कानुनी उपचारलाई प्रभावकारी बनाउनु पर्छ, महिला हिंसाको घटना न्युनिकरण गर्न पुरुषको सोचमा पनि परिवर्तन जरुरी रहेको बताइन ।’ समाजमा केही खराब पात्रको कारण विकृति फैलिरहेको बताउदै समाजमा हुने महिला हिंसा विरुद्धमा महिलाहरु पनि एक जुट भएर उठनु पर्ने बताइन । नगरपालिकाको तर्फबाट महिला हिंसा विरुद्धको घटना रोक्नको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले महिला हिंसा न्युनिकरण गरेर मात्र समृद्ध समाजको कल्पना गर्न सकिने बताइन । नगरपालिको यस अभियान अन्तर्गत ९ वटै वडामा महिला हिंसा विरुद्धको अभियान सञ्चालन गरिरहेको छ । नगरपालिकाले गोठगाउँ र साँघुटारमा कार्यक्रम सम्पन्न गरिसकेको छ भने बाँकी वडामा पनि अभियान सञ्चालन गर्ने कार्यक्रम बनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...