रामेछाप । नेपाल बार एशोसियसन रामेछापको शनिबार भएको तेह्रो साधारणसभाले अधिवक्ता बिचारसिंह तामाङ्गको अध्यक्षतामा ७ सदिस्यय कार्यसमिति चयन गरेको छ ।
नेपाल बार एशोसियसन रामेछापको सभाहलमा भएको साधारणसभाले पुन तीनवर्षको लागि अधिवक्ता बिचारसिंहलाई नै अध्यक्षमा निर्विरोध चयन गरेको हो । बार एशोसियसनको नव गठित उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमशः अधिवक्ता राजेशकुमार बुढाथोकी, अधिवक्ता यादव प्रसाद दाहाल र अधिवक्ता ईश्वरी कुमार श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा अधिवक्ता शिबकुमार कार्की, अधिवक्ता राहरी केसी, अधिवक्ता झम्क कँडेल र अधिवक्ता शम्भुप्रसाद उप्रेती चयन भएका छन् । त्यस्तै नेपाल बार एशोसियसन रामेछापले अधिवक्ता सुदर्शन कुमार रायलाई केन्द्रिय पार्सदमा चयन गरिएको नेपाल बार एशोसियसन रामेछापका सचिव यादवप्रसाद दाहालले जानकारी दिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...