मन्थली । बृहत रामेछाप महोत्सव–२०८० को माहोल ह्वात्तै बढेको छ । महोत्सवको माहोल बढे संगै रामेछापको सदरमुकाम मन्थलीमा दर्शकको उपस्थितले बजारमा चहलपहल बढेको छ ।
महोत्सवमा दिनभर उपस्थिति कम देखिएपनि साझ पख भने महोत्सवमा हजारौको भिड लाग्ने गरेको छ । राष्ट्रियस्तरका कलाकारहरुले गित गाउन थालेपछि हेर्ने मात्र हैन गित सँगै नाच्ने दर्शकपनि उत्तिकै देखिन्छ ।
दैनिक रुपमा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुले मनोरञ्जन दिने गरेका छन् । साथै रामेछापमा उत्पादित बिभिन्न प्रकारका कृषि जन्य समाग्री राखिएको छ ।
विहिवार देखि सुरु भएको उक्त महोत्सवको उद्घाटन वागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलले गर्नु भएको थियो । महोत्सवमा १५० वटा स्टलहरु निर्माण गरिएका छन् भने घरेलु उत्पादन लगाएतका विभिन्न अर्गानिक कृषि उपजहरु समेत प्रदर्शनीमा राखिएका छन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









