रामेछाप । नेकपा माओवादी केन्द्र रामेछापले यहि मंसिर ४ गते भित्र वडा अधिबेसन ६४ वडामा सम्पन्न गरी सक्ने बताएको छ । जिल्लामा रहेको ६४ वडा मध्य दोरम्बा गाउँपालिकाको वडा नम्बर ७ लखनपुरमा भने अधिबेसन सम्पन्न भइसकेको छ । अन्य बाकीँ ६३ वडामा मंसिर ४ भित्र सहमतीमानै अधिबेसन हुने नेकपा माओवादी केन्द्र रामेछापका अध्यक्ष मैन कुमार मोक्तानले बताएको छ । दोरम्बा गाउँपालिका–७ मा प्रविण कुमार मोक्तानको अध्यक्षमा सर्वसम्मत अधिबेसन सम्पन्न भइ सकेको छ । माओवादी केन्द्र रामेछापका अध्यक्ष मैन कुमार मोक्तानले सदस्यता नविकरण र नयाँ सदस्यता वितरणको काम सम्पन्न भएको र सदस्यहरुको केन्द्रीय सर्भरमा इन्ट्री गराउने काम भइरहेको समेत जानकारी दिएको छ । नविकरण र नयाँ सदस्यता वितरणसँगै जिल्लामा संगठित सदस्यको संख्या ११ हजार पुगेको जानकारी दिए ।
स भन्दा अघि करिब छ हजार संगठित सदस्यको संख्या रहेकोमा थप पाँच हजार बढाउदै माओवादीले जिल्लामा करिब ११ हजार संगठित सदस्य पुर्याएको हो । पालिका अधिबेसन भने मंसिर ११ गते हुने भएको छ । जिल्ला अधिबेसनको भने तत्काल कहिले हुने भन्ने टुङ्गो नलागेको अध्यक्ष मुक्तानले जानकारी दिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...