रामेछाप । रामेछाप लगाएत सरकारले १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले रामेछाप, काठमाडौं, भक्तपुर र ललितपुरसहित १४ जिल्लालाई सङ्कटग्रस्त जिल्ला घोषणा गरेको हो ।
बैठकले अविरल वर्षाका कारण बाढी र पहिरोले क्षति पुर्याएका १४ जिल्लालाई सङ्कटग्रस्त जिल्लाको रूपमा घोषणा गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन् ।
गृह मन्त्री लेखकका अनुसार, बाढी, पहिरो र डुबानबाट सबैभन्दा धैरै मानवीय तथा भौतिक क्षति भएका जिल्ला पाँचथर, ओखलढुङ्गा, उदयपुर, सर्लाही, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप र काभ्रे जिल्ला र ती जिल्लाका विभिन्न स्थानीय तहलाई सङ्कटग्रस्त घोषणा गरिएको हो ।
गत शुक्रबार र शनिबार देशैभर अविरल वर्षा हुँदा ठुलो जनधनको साथै मानवीय क्षति भएको थियो । सरकारले बाढी–पहिरोले सबैभन्दा बढी क्षति भएका जिल्लालाई उच्च प्राथमिकता दिएर काम गर्न सङ्कटग्रस्त जिल्ला घोषणा गरेर काम गर्न लागेको उनले बताए ।
यसअघि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको शुक्रबार बसेको बैठकले बाढी–पहिरो र डुबानबाट बढी प्रभावित ती जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको थियो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...