रामेछाप कलाकार समाजको बैशाख ९ गते काठमाण्डौंमा साँस्कृतिक कार्यक्रम

Written by meropradesh creator

२४ चैत्र २०७९, शुक्रबार

काठमाडौं । रामेछाप कलाकार समाजले बैशाख ९ गते नयाँवर्षको अवसर पारेर साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएका छन् । आज काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गरि बैशाख ९ गते नयाँवर्षको अवसर पारेर कलाकार कल्याणकारी कोष स्थापनाका लागी साँस्कृतिक कार्यक्रमका साथै स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्ने जानकारी दिएका छन् ।

रामेछाप सास्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप बाट निर्वाचित संघिय र प्रदेश प्रतिनिधिलाई सम्मान गर्नका साथै कलाकार कल्याणकारी कोष स्थापनाकालागी सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने बताए । कार्किले भने स्थानिय तहका जनप्रतिनिधिहरुलाई सम्मान गरि सकेका छौं । बैशाख ९ गते हुने कार्यक्रममा संघिय र प्रदेश प्रतिनिधिहरुलाई सम्मान गर्ने छौं । साथै समाजसेवी र पत्रकारहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।

रामेछाप साँस्कृतिक कलाकार समाजले सो साँस्कृतिक कार्यक्रमको विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेर उक्त कार्यक्रमको जानकारी दिएको हो । सो साँस्कृतिक कार्यक्रमबाट उठेको रकमले कल्याणकारी कोष स्थापना गरिने समाजको उदेश्य रहेको संस्थाका उपाध्यक्ष सन्ध्या सानुले बताईन ।
रामेछाप साँस्कृतिक कलाकार समाजले रामेछाप–काठमाडौं साहित्य समाजको सहकार्यमा गर्न लागेको साँस्कृतिक कार्यक्रमको मिडिया पार्टनर रामेछाप –काठमाडौं पत्रकार समाज रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...