रामेछाप कलाकार समाजको बैशाख ९ गते काठमाण्डौंमा साँस्कृतिक कार्यक्रम

Written by meropradesh creator

२४ चैत्र २०७९, शुक्रबार

काठमाडौं । रामेछाप कलाकार समाजले बैशाख ९ गते नयाँवर्षको अवसर पारेर साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएका छन् । आज काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गरि बैशाख ९ गते नयाँवर्षको अवसर पारेर कलाकार कल्याणकारी कोष स्थापनाका लागी साँस्कृतिक कार्यक्रमका साथै स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्ने जानकारी दिएका छन् ।

रामेछाप सास्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप बाट निर्वाचित संघिय र प्रदेश प्रतिनिधिलाई सम्मान गर्नका साथै कलाकार कल्याणकारी कोष स्थापनाकालागी सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने बताए । कार्किले भने स्थानिय तहका जनप्रतिनिधिहरुलाई सम्मान गरि सकेका छौं । बैशाख ९ गते हुने कार्यक्रममा संघिय र प्रदेश प्रतिनिधिहरुलाई सम्मान गर्ने छौं । साथै समाजसेवी र पत्रकारहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।

रामेछाप साँस्कृतिक कलाकार समाजले सो साँस्कृतिक कार्यक्रमको विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेर उक्त कार्यक्रमको जानकारी दिएको हो । सो साँस्कृतिक कार्यक्रमबाट उठेको रकमले कल्याणकारी कोष स्थापना गरिने समाजको उदेश्य रहेको संस्थाका उपाध्यक्ष सन्ध्या सानुले बताईन ।
रामेछाप साँस्कृतिक कलाकार समाजले रामेछाप–काठमाडौं साहित्य समाजको सहकार्यमा गर्न लागेको साँस्कृतिक कार्यक्रमको मिडिया पार्टनर रामेछाप –काठमाडौं पत्रकार समाज रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

नेपालमा बनेको विशाल ताल फुट्ने जोखिम, चीनले दियो तीन दिनको चेतावनी

काठमाडौं । नेपालका दुई नदीको संगम क्षेत्रमा ठूलो ताल बनेपछि त्यसको पानी बाहिरिएर बाढीको जोखिम बढेको छ । चीनको जलस्रोत मन्त्रालयले ताल फुट्ने जोखिम उच्च रहेको भन्दै आगामी तीन दिनलाई विशेष सतर्कताको अवधि मानेर निगरानी बढाएको जनाएको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल...

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

बाढी प्रभावित रसुवाबाट ४५ विदेशीसहित ३३६ जनाको उद्धार, ४ हजार सैनिक परिचालित

रसुवा । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाका अनुसार बिहीबार बिहानदेखि १२ः३० बजेसम्म टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट हेलिकप्टरमार्फत ३३६ जनाको सफल उद्धार गरिएको हो ।...